असम-अरूणाचल सीमा संलग्न शान्ति भगलपुरमा पगला नदीको कहर
असम-अरूणाचल सीमा संलग्न शान्ति भगलपुरमा पगला नदीको कहर


उदालगुरी (असम), 12 जून (हि.स.)। माजबटको असम-अरुणाचल सीमा संलग्न शान्ति भगलपुरमा पगला नदीमा आएको बाढ़ीले ग्रामीणहरूमा आतंक फैलिएको छ। नदीको पानीले भगलपुर गाउँको सयकड़ौं बिघा कृषि भूमिलाई बर्बाद बनाइदिएको छ।बर्खा मासमा अरूणाचल प्रदेशबाट आइरहेको पानीको तीव्र प्रवाहले हरेक वर्ष गाउँवासीहरूको लागि खतरा उत्पन्न गर्दछ। बाँधको अभावमा गाउँको अस्तित्व बिस्तारै समाप्ति तर्फ बढ़िरहेको छ। पछिल्लो वर्ष स्थानीय विधायक चरण बोड़ोलाई यस बारेमा सूचित गरेपछि त्यहाँ बाँध निर्माण गरिएको थियो। तर विधायकको छत्रछायामा बाँधको निर्माण कार्य निम्न स्तरको भएको सिकायत मानिसहरूले गरेका छन्। त्यसैले पछिल्लो वर्षको पहिलो वर्षामै विधायकद्वारा बनाइएको बाँधको माटो बग्यो। यसपालि पनि बर्खा याममा पानीको तीव्र धाराको कारणले मानिसहरू चिन्तित भएका छन्। विकल्पको रूपमा मानिसहरूले ओएसडी राजू ढकालसित मिलेर बाँध निर्माण गर्ने निर्णय लिएको छ। ओएसडी लगायत अन्य मानिसहरूको आर्थिक सहयोगबाट शान्ति भगलापुर गाउँको पगला नदीमा बाँध निर्माण कार्य शुरू गरिएको छ। स्थानीय मानिसहरूले बाँध निर्माणको लागि स्थायी कदम उठाउने सरकारसित माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande