अहमदाबादमा 242 यात्री लिएर गइरहेको एयर इण्डियाको विमान दुर्घटनाग्रस्त, राहत र बचाउ कार्य जारी
गाड़ी


एयर


अहमदाबाद, 12 जून (हि.स.)। एयर इण्डियाको बोइङ विमान अहमदाबाद शहरको मेघानीनगर आईजीपी परिसरमा दुर्घटनाग्रस्त भएर झऱ्यो। विमानले बिहिवार दिउँसो 1.38 बजी उड़ान भऱ्यो र दिउँसो 1.40 बजी दुर्घटनाग्रस्त भएर आवासीय क्षेत्रमा बिल्डिङसित ठोकियो। विमानमा लगभग 242 यात्री सवार थिए।

अग्निशमन र पुलिसका टीमहरू घटनास्थलमा राहत र बचाउ कार्यहरूमा जुटेका छन्। दुर्घटनापछि सबै मार्गहरूलाई बन्द गरिएको छ। गृहमन्त्री अमित शाहले मुख्यमन्त्री भूपेन्द्र पटेलसित फोनमा कुराकानी गरी स्थितिको जानकारी लिए र हरसम्भव सहायताको निम्ति आश्वस्त गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande