विधानसभामा ममता ब्यानर्जीले दिएका भाषणहरूको संकलन प्रकाशन गरिने
विधानसभामा ममता ब्यानर्जीले दिएका भाषणहरूको संकलन प्रकाशन गरिने


कोलकाता, 12 जून (हि.स.) । पश्चिम बंगाल विधानसभाको पहलमा मुख्यमन्त्री ममता ब्यानर्जीले सदनमा अहिलेसम्म दिएका चयनित भाषणहरूको एक विशेष संकलन प्रकाशन गरिनेछ। यस संकलनमा वर्ष 2011-देखि अहिलेसम्म विधानसभामा दिएको उनका प्रमुख भाषणहरूलाई सामेल गरिनेछ। वर्ष 2011-मा ममता ब्यनर्जीले पहिलो पटक मुख्यमन्त्रीको पदभार ग्रहण गरेकी थिइन् भने त्यसताकदेखि अहिलेसम्म उनी राज्यको सत्तामा कायम छन्।

विधानसभाका डिप्टी स्पीकर आशिष ब्यानर्जीले बताए, यस संकलनको प्रारूप तयार गरिएको छ जसलाई मुख्यमन्त्रीको स्वीकृतिको लागि पठाइनेछ। स्वीकृति पाउनसाथ यसलाई आगामी सत्रमा विधानसभामा औपचारिक रूपमा जारी गरिनेछ।

राज्य विधानसभाको यो पहल बंगालको राजनीतिक इतिहासमा दोस्रो पटक भइरहेको छ जतिबेला कुनै मुख्यमन्त्रीका भाषणहरूको दस्तावेजीकरण गरिँदैछ। यसपूर्व डा. बिधान चन्द्र रायका भाषणहरूको संकलन प्रकाशित गरिएको थियो।

राज्य सरकारका एकजना वरिष्ठ अधिकारीले बताए, ममता ब्यानर्जीको भाषणले सामाजिक योजनाहरूको रूपरेखालाई मात्र स्पष्ट पार्दैन जबकि उनको राजनीतिक संघर्ष अनि आन्दोलन भावी पिँढ़ीको लागि शोधको विषय बन्नसक्छ। उल्लेखनीय छ, ‘कन्याश्री’, ‘लक्ष्मी भण्डार’ जस्ता योजनाहरूलाई लिएर उनले कैयौं पटक विधानसभामा विस्तार पूर्वक आफ्नो कुरा राखेकी छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande