भारतीय पत्रकारितामा ऐतिहासिक योगदानको निम्ति हिन्दुस्थान समाचारलाई सम्मानित गरिने
भारतीय पत्रकारितामा ऐतिहासिक योगदानको निम्ति 'हिन्दुस्थान समाचार' लाई सम्मानित गरिने


मुम्बई, 12 जून (हि.स.)। विश्व संवाद केन्द्र, मुम्बईको तर्पबाट यस वर्ष 77 वर्षदेखि स चालित बहुभाषी समाचार एजेन्सी 'हिन्दुस्थान समाचार' लाई देवर्षि नारद पुरस्कारले सम्मानित गरिनेछ। हरेक साल मीडिया क्षेत्रमा उल्लेखनीय कार्य गर्ने पत्रकारहरूलाई 'देवर्षि नारद पत्रकार सम्मान' प्रदान गरिने यो रजत जयन्ती वर्ष हो। यस अवसरमा मीडियाका विभिन्न क्षेत्रहरूमा उल्लेखनीय कार्य गर्ने 11 जनालाई सम्मानित गरिनेछ।

पुरस्कार समारोह 14 जूनमा बान्द्रा पूर्वमा बान्द्रा कुर्ला कम्प्लेक्सको एनएसई बिल्डिङमा आयोजित गरिनेछ। 'द इण्डियन एक्सप्रेस ग्रुप' का कार्यकारी निदेशक अनन्त गोयनका सहित अन्य गणमान्य व्यक्ति मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन्। कार्यक्रमका मुख्य वक्ता राष्ट्रिय स्वयंसेवक संघका पश्चिमी विभागको कार्यकारिणी सदस्य राजाभाऊ मुले हुनेछन्। यसका साथै साप्ताहिक विवेक पत्रिकाको सम्पादक अश्विनी (कविता) मयेकरलाई पत्रकारितामा उनको विशेष योगदानको निम्ति विश्व संवाद केन्द्र, मुम्बईको तर्फबाट यस वर्ष देवर्षि नारद पुरस्कारले सम्मानित गरिनेछ।

यस बाहेक समीर कर्वे (प्रिन्ट मीडिया), संदीप रामदासी (इलेक्ट्रोनिक मीडिया), शैलेश गायकवाड़ (सोशल मीडिया) लाई उत्कृष्ट पत्रकारिता पुरस्कारले सम्मानित गरिनेछ। यस बाहेक सोशल मीडिया पुरस्कारहरूमा जय गगनलाई यूट्यूब, मृगा वर्तकलाई फेसबुक, सुनीता पावस्कर र अमोल जामदारेलाई इन्स्टाग्रामको निम्ति सम्मानित गरिनेछ। पत्रकारितामा सर्वश्रेष्ठ छात्रको रूपमा सूरज चौगुलेलाई सम्मानित गरिनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande