नयाँ दिल्ली, 12 जून (हि.स.)। केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले मोदी सरकारले 11 वर्षको शासनमा प्रौद्योगिकीको उपयोगलाई लोकतान्त्रिक बनाएको र व्यापार क्षेत्रको निम्ति यसको शक्तिको उपयोग गरेको बताएका छन्, जसबाट भारत विश्वको अग्रणी डिजिटल अर्थव्यवस्था बनेको छ।
केन्द्रिय मन्त्री अमित शाहले एक्समा लेखेका छन्, मोदी सरकारले प्रौद्योगिकीको उपयोगलाई लोकतान्त्रिक बनायो र व्यापार क्षेत्रको निम्ति यसको शक्तिको दोहन गऱ्यो, जसबाट भारत #11YearsOfDigitalIndia मा विश्वको अग्रणी डिजिटल अर्थव्यवस्था बन्यो। चाहे त्यो स्वास्थ्य सेवा होस्, शिक्षा होस्, व्यापार होस् वा वाणिज्य, प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल क्रान्तिको माध्यमले अर्थव्यवस्था र समाजको हरेक क्षेत्रलाई बदलेको छ।
डिजिटल इण्डियाका प्रमुख उपलब्धीहरू:
- आधार: विश्वको सबैभन्दा ठूलो डिजिटल आईडी प्रणालीः 140 करोड़भन्दा अधिक मानिसहरूलाई एक अनौठो 12 अंकको आधार नम्बर दिइएको छ, जसबाट सरकारी सेवाहरूको लाभ उठाउनमा सजिलो भएको छ।
- डिजिटल पेमेन्ट्स: डिजिटल भुकतान प्रणालीले देशभरिमा तीव्र गतिमा विस्तार गरेको छ, जसबाट लेन-देनमा पारदर्शिता र सुरक्षा बढ़ेको छ।
- डिजिलकर: 52 करोड़भन्दा अधिक पंजीकृत उपयोगकर्ताहरूको साथ डिजिलकरले दस्तावेज प्रबन्धनलाई सजिलो र सुरक्षित बनाएको छ।
- जीवन प्रमाण: 10 करोड़भन्दा धेरै पेन्शनभोगीहरूले डिजिटल जीवन प्रमाण पत्रको उपयोग गरी आफ्नो जीवन प्रमाणलाई सत्यापित गर्नका लागि पंजीकरण गराएका छन्।
- उमंग ऐप: 8.21 करोड़भन्दा अधिक पंजीकृत उपयोगकर्ताहरूको साथ उमंग ऐपले सरकारी सेवाहरूलाई एउटै मंचमा ल्याएर नागरिकहरूको जीवनलाई सुगम बनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी