मालदह, 12 जून (हि. स.)। जिल्लाको रतुआ (2) ब्लक अन्तर्गत श्रीपुर दरगापाड़ामा तलाउको रेलिंग नभएको कारणले ढलाई गरिएको सड़क मुनिको माटो धसिएर ठूलो दुर्घटना हुने आशंका व्याप्त भएको छ। स्थानीय मानिसहरू प्रतिदिन आफ्नो ज्यानलाई जोखिममा राखेर यात्रा गर्न बाध्य भइरहेका छन्। मानिसहरू वाहन मार्फत उक्त सड़क भएर जान डराइरहेका छन्। कतिपय मानिसहरू वाहनलाई रोकेर पैदलै सड़कको उक्त भागलाई पार गर्दछन्।
मानिसहरूको भनाइ छ, सड़क अब लगभग झुण्डिएको छ। कुनै पनि समय कुनै दुर्घटना हुनसक्छ। सात वर्ष अगाड़ि बनिएको ढलाईको यस सड़कको प्रयोग गाउँका सयभन्दा अधिक परिवारहरूले गर्दछन्। सड़कमा बाइक, टोटो र ट्र्याक्टर चल्छ। यदि गाउँमा रहेको यही एउटा सड़क पनि भत्कियो भने के हुन्छ भन्ने चिन्ताले ग्रामीणहरूलाई सताइरहेको छ। स्थानीय अरिफुल मियाँले बताए, सड़कको सुरक्षाको लागि तलाउ किनारमा रेलिंग लगाएर माटो भर्नुपर्छ। नत्र समस्या बढ़्नेछ।
शिक्षक राकिब खानको दाबी छ, यो समस्यालाई लिएर प्रशासनसँगसँगै क्षेत्रका विधायकलाई पनि बारम्बार अवगत गराइसकिएको छ। तर समस्या समाधान गर्ने दिशामा कसैले पहल गरेको छैन।
यस सन्दर्भमा मालतीपुर विधायक अब्दुर रहिम बख्शीले भने, मामिला मेरो संज्ञानमा आएको छ। विधायक निधिबाट रेलिंग बनाउने व्यवस्था गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा