(अपडेट) एयर इण्डियाको विमान दुर्घटनाग्रस्त, राहत र बचाउ कार्य जारी
अपडेट


-एयरलाइनले यात्री हटलाइन नम्बर 1800 5691 444 जारी गऱ्यो

अहमदाबाद, 12 जून (हि.स.)। अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तरराष्ट्रिय हवाई अड्डा नजिक बिहिवार 242 यात्री लिएर गइरहेको एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भयो। दुर्घटना स्थलमा राहत र बचाउ कार्य जारी छ। एयरलाइनले यसको निम्ति हटलाइन नम्बर 1800 5691 444 जारी गरेको छ।

एयर इण्डियाले बयान जारी गरी भनेको छ, अहमदाबाददेखि दिउँसो 1.38 बजी उड़ेको यस उड़ान संख्या AI-171 बोइङ 787-8 विमानमा 242 यात्री र चालक दलका सदस्य सवार थिए। यसमध्ये 169 भारतीय नागरिक, 53 ब्रिटिश नागरिक, 1 कनाडाई नागरिक र 7 पुर्तगाली नागरिक छन्। घाइतेहरूलाई छेवैको अस्पतालहरूमा लगिँदैछ। एयरलाइनले बतायो, अधिक जानकारीको निम्ति एक समर्पित यात्री हेल्पलाइन नम्बर 1800 5691 444 स्थापित गरिएको छ। एयर इण्डियाले घटनाको जाँच गरिरहेका अधिकारीहरूलाई पूरा सहयोग गरिरहेको छ।

एयर इण्डियाका अध्यक्ष एन चन्द्रशेखरनले एक बयानमा भने, धेरै दुःखको साथ म पुष्टि गर्छु कि अहमदाबाद लन्दन गैटविक उड़ान भर्ने एयर इण्डियाको फ्लाइट 171 आज दुर्घटनाग्रस्त भयो। यस विनाशकारी घटनाले प्रभावित सबै मानिसहरूका परिवारहरू र प्रियजनहरूको साथ हामी आफ्नो समवेदना पोख्छौं। यस समय सबै प्रभावितहरू र उनीहरूको परिवारहरूको साथ दिनु हाम्रो प्राथमिकता हो।

साइटमा आपातकालीन प्रतिक्रिया टीमहरूको सहायता गर्न र प्रभावितहरूलाई सबै आवश्यक सहायता र देखरेख प्रदान गर्नका लागि हामीले यथाशक्ति काम गरिरहेका छौं। जस्तै हामीले अधिक सत्यापित जानकारी पाउनेछौं, अगाड़ीको अपडेट साझा गरिनेछ। एक आपातकालीन केन्द्र सक्रिय गरिएको छ र जानकारी माग्ने परिवारहरूका लागि सहायता टीम स्थापित गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande