योग दिवसमा विशाखापत्तनममा प्रधानमन्त्रीले गर्ने योग, 40 देशका राजनयिक पनि उपस्थित रहने
योग


नयाँ दिल्ली, 12 जून (हि.स.)। अन्तरराष्ट्रिय योग दिवस (21) को अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले विशाखापत्तनममा आयोजित हुने भव्य कार्यक्रममा योग गर्नेछन्। उनले त्यहाँ 45 मिनटमा 19 योग आसन गर्नेछन्। उनको साथ आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबू नायडू पनि उपस्थित रहनेछन्।

केन्द्रिय आयुष मन्त्री प्रतापराव जाधवले बिहिवार नेशनल मीडिया सेन्टरमा प्रेस कन्फ्रेन्समा भने, विशाखापत्तनममा आयोजित हुने कार्यक्रममा प्रधानमन्त्रीको साथ 40 देशका राजनयिक पनि सामेल हुनेछन्। साथै 20 देशबाट आएका योग आचार्य र प्रशिक्षित मानिसहरू पनि उपस्थित रहनेछन्। यस बाहेक अन्य 20 देशका भारतमा बस्ने छात्र-छात्राहरूले पनि योग कार्यक्रममा हिस्सा लिनेछन्।

उनले भने, यस वर्ष योग दिवसको थीम एक पृथ्वी, एक स्वास्थ्यको निम्ति योग” राखिएको छ, जसको घोषणा प्रधानमन्त्री मोदीले 30 मार्चमा आफ्नो 'मन की बात' रेडियो कार्यक्रममा गरेका थिए। यस थीमले व्यक्तिगत सन्तुलन र वैश्विक सामन्जस्यलाई बहाल गर्ने भारतको योगको शक्तिलाई रेखांकित गर्दछ। दिल्लीमा पनि योग दिवसलाई लिएर विशेष तयारीहरू गरिएको छ।

मोरारजी देसाई राष्ट्रिय योग संस्थानको नेतृत्वमा दिल्लीको 111 प्रतिष्ठित स्थानहरूमा योग सत्र आयोजित गरिनेछ। यसमा प्रमुख स्थान छन्- लाल किला, पुराना किला, कर्तव्य पथ, कुतुब मीनार, इण्डिया गेट सहित नयाँ दिल्लीको प्रमुख पार्क सामेल छन्। नयाँ दिल्ली नगरपालिका परिषद, दिल्ली विकास प्राधिकरण, भारतीय पुरातत्व सर्वेक्षण र दिल्ली नगर निगमले मुख्य रूपमा कार्यक्रमको आयोजन गर्नेछ।

यस बाहेक दिल्ली सरकारले पनि यस दिन 10 ठूला योग कार्यक्रम आयोजित गर्ने योजना बनाएको छ, जुन शहरका अलग-अलग क्षेत्रहरूमा हुनेछ। यस बाहेक राष्ट्रिय राजधानी क्षेत्रस्थित मन्त्रालयहरू, विभागहरू र संगठनहरूको तर्फबाट अनेक साना-ठूला योग कार्यक्रमहरूको तयारी चलिरहेको छ। दिल्लीमा अहिलेसम्म 1,300 भन्दा धेरै योग संगम रजिस्टर्ड भइसकेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande