एय़र इण्डियाको विमानलाई बमले उड़ाउने धम्कीपछि थाईल्याण्डमा आपात ल्याण्डिङ
एयर


नयाँ दिल्ली, 13 जून (हि.स.)। थाईल्याण्डको फुकेटदेखि भारतको राजधानी नयाँ दिल्ली आइरहेको एयर इण्डियाको विमान AI-379 ले शउक्रवार बमको धम्की पाएपछि विमानलाई आपातकालीन ल्याण्डिङ गराउनुपऱ्यो। यस विमानमा सवार सबै यात्री सुरक्षित छन्। विदेशी मीडियाको रिपोर्ट अनुसार, बमको धम्की पाएपछि एयर इण्डियाको विमानको थाईल्याण्डमा आपात ल्याण्डिङ भएको छ।

थाईल्याण्ड एयरपोर्टका एक अधिकारी अनुसार, आपातकालीन योजना अनुरूप एय़र इण्डियाको उड़ान संख्या एआई 379 का सबै 156 यात्रीलाई विमानबाट बाहिर निकालिएको छ। प्रारम्भिक तलाशीपछि अधिकारीहरूले सम्बन्धित एयर इण्डियाको विमानभित्र कुनै बम भेटाएका छैनन्। यद्यपि, एओटीले बमको धम्कीबारे विस्तृत जानकारी दिएन। एयर इण्डियाले टिप्पणीको अनुरोधको अहिले जवाफ दिएका छैन।

फ्लाइट ट्रेकर अर्थात् फ्लाइट रडार 24 अनुसार, विमानले आज बिहान 9.30 बजी (0230 GMT) फुकेत हवाई अड्डादेखि नयाँ दिल्लीको लागि उड़ान भऱ्यो तर अण्डमान सागरको चारैतिर एक विस्तृत चक्कर लगायो र दक्षिणी थाई द्वीपमा पुनः उत्रियो। हवाईअड्डा आपातकालीन योजनाहरूको साथ अघि बढ़िरहेको छ।

उल्लेख्य, एक दिन अघि मात्र गुजरातको अहमदाबादमा एयर इण्डियाको एक विमान उड़ान भरेको तुरन्तै दुर्घटनाग्रस्त भयो, जसमा सवार 242 मध्ये 241 यात्रीको मृत्यु भयो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande