पञ्जाबको पठानकोट एयर फोर्सको अपाचे हेलीकप्टरको आपात ल्याण्डिङ
पञ्जाबको पठानकोट एयर फोर्सको अपाचे हेलीकप्टरको आपात ल्याण्डिङ


चण्डीगढ़, 13 जून (हि.स.)। पञ्जाबको पठानकोटमा शुक्रवार एयरफोर्सको अपाचे हेलीकप्टरको एमरजेन्सी ल्याण्डिङ गरिएको छ। पायलट र अन्य जवान सुरक्षित छऩ्। पुलिसले पूरा क्षेत्रलाई घेरेको छ।

एयर फोर्सको अपाचे हेलीकप्टरले शुक्रवार पठानकोट एय़रबेसबाट उड़ान भरेको थियो। हलेड़ा गाउँ नजिक पुग्दा तकनीकी गड़बड़ी आय़ो। एमरजेन्सीलाई मध्यनजर राखेर पायलटले त्यसलाई खेतमा ल्याण्ड गरायो। मामिलाको सूचना पाउनसाथ सेना र पुलिसका अधिकारी घटनास्थलमा पुगे। पुलिसले पूरा क्षेत्रलाई घेरेको छ। सेनाका अधिकारी पनि घटनास्थलमा पुगेका छन् र हेलीकप्टरमा आए तकनीकी गड़बड़ीलाई ठीक पार्ने प्रय़ास शुरू गरिएको छ। यस सम्बन्धमा अहिले वायु सेनाको कुनै अधिकृत बयान आएको छैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande