कोलकाता, 14 जून (हि.स.)। मेघालयको चर्चित राजा रघुवंशी हत्याकाण्डमा अब पश्चिम बंगालको सिलगढ़ी पनि जाँचको परिधिभित्र परेको छ। हत्यापछि आरोपी महिला सोनम रघुवंशीले पुलिसदेखि बच्नको लागि सिलगढ़ीलाई शरणस्थल बनाएकी थिइन्। पुलिसले अब यस सम्पूर्ण मामिलामा बुरखा लगाएर आफ्नो पहिचान लुकाएको अनि झुटो कथा गढ़ेर आत्मसमर्पण गरेको एक आश्चर्यचकित षड़यन्त्रको खुलासा गरेको छ।
पुलिसका एकजना अधिकारीले बताए, सोनम गत 8 जूनमा इन्दौरदेखि सिलगढ़ी आएकी थिइन्। तर उसको एकजना साथीको पक्राउ अनि राजा रघुवंशीको एउटा फोन कलले सम्पूर्ण प्लानलाई परिवर्तन गरिदियो। त्यसपछि सोनम उत्तर प्रदेशको गाजीपुर तर्फ प्रस्थान भइन्।
पुलिस अनुसार गत 23 मईमा शिलंगको सोहरा क्षेत्रमा पति राजा रघुवंशीको हत्या गरेपछि सोनमले आफ्नो पहिचान लुकाउनको लागि बुरखा लगाएकी थिइन्। उक्त बुरखालाई उसको प्रेमी राजा कुशवाहाले विशाल चौहान नामक अर्को आरोपी मार्फत पठाएका थिए। सोनमले आफ्नो रेनकोट आरोपी आकाशलाई दिइन् अनि उसैको स्कुटीमा सवार भएर शहर तर्फ प्रस्थान भइन्।
उत्तर बंगाल पुलिसका एकजना अधिकारी मुताविक सोनम सबैभन्दा पहिला सिलगढ़ीको तेञ्जिङ्ग नोर्गे बस टर्मिनसमा आइपुगिन्। यहाँ उनको बस्ने योजना थियो, तर एकजना साथी पक्रा परेपछि उनले पटना जाने बसको टिकट लिइन्। पटना पुगेपछि सोनम आरा त्यसपछि लखनऊ जाने ट्रेनमा सवार भइन्। अन्ततः सोनम इन्दौर फर्किइन्। इन्दौरमा पुगेपछि 25 मईदेखि 7 जूनसम्म एउटा किरायाको फ्ल्याटमा लुकेर बसिन्।
पुलिस सूत्र अनुसार सोनम र तिनका प्रेमी राजाले योजना बनाएका थिए, सिलगढ़ीको कुनै एउटा चिया पसलमा रूँदै-विलाप गर्दै पुग्ने अनि त्यहाँ पुगेपछि आफ्नो परिचय सोनम रघुवंशी, इन्दौरको रूपमा दिने। त्यसपछि आफूलाई मेघालयबाट नशालु पदार्थ खुवाएर अपहरण गरेको बताउने साथै पतिको हत्या गरेपछि शवलाई यहाँ ल्याएर फालिदिएको बताउने प्रेमी-प्रमिकाको नै योजना थियो। तर योजनालाई क्रियान्वन गर्न अगावै उनीहरूको एकजना साथी पक्रा पऱ्यो।
गाजीपुर पुगेपछि सोनले सड़क किनारस्थित एउटा ढाबामा आफूलाई अपहरणमा परेको महिला बताएर कथा बुन्न शुरू गरिन्। तर त्यसबेलासम्ममा पुलिसको हातमा सबै प्रमाण परिसकेको थियो। अन्ततः पुलिसले सोनलाई पति राजा रघुवंशीको हत्याको आरोपमा समात्यो।
यो मामिला अब धेरैवटा राज्यहरूमा फैलिसकेको छ र पुलिसको जाँचमा नयाँ-नयाँ खुलासा भइरहेको छ। बंगाल पुलिसले पनि सक्रिय भएर मामिलाको जाँच गरिरहेको छ। मेघालय पुलिसबाट मामिलाको डिटेल पनि लिरहेको छ ताकि सिलगढ़ी कनेक्शनको खुलासा गर्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा