कंग्रेसले ईडी र भाजपाको पुतला दहन गरी विरोध प्रदर्शन गऱ्यो
कंग्रेसले ईडी र भाजपाको पुतला दहन गरी विरोध प्रदर्शन गऱ्यो


काेंड़ागाउँ, 14 जून (हि.स.)। प्रदेश कंग्रेसको निर्देशमा जिल्ला कंग्रेसले केन्द्र सरकार अनि प्रवर्तन निदेशालयविरूद्ध शनिवार कोंडागाउँस्थित कंग्रेस भवनदेखि बस स्ट्याण्डसम्म ऱ्याली निकाल्यो। व्यापक रूपमा पार्टी कार्यकर्ताहरूको सहभागितमा निकालिएको ऱ्याली बस स्ट्याण्डमा पुगेपछि भाजपा अनि ईडीको पुतला दहन गरी विरोध व्यक्त गरियो।

कंग्रेस नेताहरूको भनाइ थियो, सुकमा जिल्लामा कंग्रेस भवनलाई सील गर्नु ईडीको राजनीतिक दुर्भावनाबाट प्रेरित कारबाही हो जुन भाजपाको इशारामा गरिएको हो।

प्रदर्शनकारीहरूले भने, यो पूर्ण रूपले लोकतन्त्रको हत्या गर्नु जस्तै हो। उनीहरूले भने, प्रवर्तन निदेशालय विपक्षी पार्टीहरूलाई दमन गर्न र डराउनको लागि केन्द्र सरकारको हतियार नै बनिसकेको छ। भाजपा सरकारले लोकतन्त्रमाथि हमला गरिरहेको छ, लोकतन्त्रलाई बचाउनको लागि कंग्रेसको संघर्ष हरस्तरमा जारी रहनेछ। यस अवधि पूर्व जिल्लाध्यक्ष झुमुक दिवान, महामन्त्रीद्वय गीतेश गान्धी, रितेश पटेल, शहर कंग्रेस अध्यक्ष तरुण गोलछा, प्रदेश सचिव सकुर खान, कपिल चोपड़ा, बाबा खान, हीरा दिवान, महिला शहर कंग्रेस अध्यक्ष श्रीमती हेमा देवांगन, पूर्व नपा अध्यक्ष श्रीमती वर्षा यादव, शम्भु मरकाम, कमलेश दुबे, भंगी पटेल, दिगम्बर ठाकुर, मण्डल अध्यक्ष नरेन्द्र देवांगन, नन्दु दिवान, योगेन्द्र राठौर, इरशाद खान, देवेन्द्र कोर्राम गोलु पोयाम, प्रीति भदौरिया, नीलु देवांगन, रविन्द्र दीवान, प्रवीण मिश्रा, गीतेश बघेल सहित ठूलो संख्यामा कंग्रेसजनहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande