घरको बाउण्ड्रीलाई लिएर दाज्यु-भाइमाझ झड़प, धारिलो हतियारले प्रहार गर्दा एउटै परिवारका पाँच सदस्य घाइते
घरको बाउण्ड्रीलाई लिएर दाज्यु-भाइमाझ झड़प, धारिलो हतियारले प्रहार गर्दा एउटै परिवारका पाँच सदस्य घाइते


मालदह, 14 जून (हि.स.)। मालदह जिल्लामा हरिश्चन्द्रपुर(2) ब्लकको मशालदाहा ग्राम पञ्चायत अन्तर्गत सोनाकुल गाउँमा घरको बाउण्ड्रीलाई लिएर गए शुक्रवार अपरान्ह दाज्यु-भाइमाझ विवाद भयो। विवादले हेर्दा-हेर्दै हिंसक रूप धारण गऱ्यो जसमा एउटै परिवारका पाँच जना सदस्यहरू घाइते भए। सबै घाइतेहरू क्रमैले दाज्यु ब्राहिम अली र उनका छोरा मजारुल हक, बुहारी अञ्जरा बीबी औ जोसनारा खातुन बाहेक रब्बानी अली अस्पतालमा उपाचाराधिन छन्।

स्थानीय सूत्र अनुसार दाज्यु इब्राहिम र भाइ अब्दुल रहिममाझ घरको बाउण्ड्रीलाई लिएर विवाद भएको थियो। इब्राहिमले पहिलाबाटै पक्का घर बनाएका छन्। रहिमले आफ्नो घर बनाउनको लागि धागो लिएर बाउण्ड्रीको नापजोख गरिरहेका थिए। सोही समय बाउण्ड्रीलाई लिएर विवाद भयो। विवाद बढ़्दै गएर कुटाकुटमा परिणत भयो। कथित रूपमा रहिम र तिनका परिवारका सदस्यहरूले इब्राहिमको परिवारमाथि धारिलो हतियारले प्रहार गरे जसमा पाँच जना मानिसहरू गम्भीर रूपमा घाइते भए। रगताम्मे अवस्थामा उनीहरूलाई हरिश्चन्द्रनगर ग्रामीण अस्पतालमा लगियो जहाँबाट मजारूल, उसकी अञ्जरा बीबी र रब्बानीलाई गम्भीर अवस्थामा चाँचल सुपर स्पेशियलिटी अस्पतालमा रेफर गरिदियो। घटनापछि आरोपी रहिम र उसको परिवारका सदस्यहरूले टाप कसेका छन्।

हरिश्चन्द्रपुर थानाका आईसी मोनोजीत सरकारले भने, सिकायत दर्ता गरिएको छ। पुलिसले जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande