बंगलादेशस्थित गुरूदेवको पैतृक आवासमा हमला, संस्कार भारतीद्वारा रोष व्यक्त
बंगलादेशस्थित गुरूदेवको पैतृक आवासमा हमला, संस्कार भारतीद्वारा रोष व्यक्त


कोलकाता, 14 जून (हि.स.)। विश्वविख्यात कवि एवं दुई देशको राष्ट्रिय गीतका रचयिता रवीन्द्रनाथ ठाकुरको बंगलादेशस्थित पैतृक आवासमा भएको हमलाको संस्ककार भारती पश्चिम बंंगालले कड़ा निन्दा गरेको छ। संस्थाले यस घटनालाई गुरूदेवको स्मृति, उनको दर्शन एवं समग्र बंगाली अस्मिताको अपमान बताएको छ।

‘संस्कार भारती पश्चिम बंगाल’ -को पक्षबाट जारी एक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, बंगलादेशको शाहजादपुरस्थित रवीन्द्रनाथ ठाकुरको ऐतिहासिक भवनमा उपद्रवीहरूको भीड़ले हमला गरेर तोड़फोड़ गरिदियो। संस्थाले यसलाई “जघन्य औ निन्दनीय कृत्य” बताउँदै भन्यो, यो हमला एउटा भवनमाथि मात्र नभएर नोबल पुरस्कार विजेता साहित्यकारको सार्वभौमिक सोंच अनि मानवीय मूल्यमाथि पनि आघात हो।

डा. स्वरूप प्रसाद घोष, अध्यक्ष औ तिलक सेनगुप्ता, महासचिव, 'संस्कार भारती पश्चिम बंगाल'-ले यस सन्दर्भमा एक संयुक्त बयान जारी गरी बताए, “गुरुदेवको यो घर एक धरोहर मात्र नभएर सम्पूर्ण बंगालको सांस्कृतिक आत्माको प्रतीक हो। त्यहाँ हमला गर्नुको अर्थ रवीन्द्रनाथ ठाकुर, उनको कुलका तमाम विद्वान अनि सम्पूर्ण बंगला समाजलाई अपमानित गर्नु हो।”

जानकारी अनुसार शाहजादपुरमा रहेको उक्त बंगलोलाई गुरुदेवका पिता द्वारकानाथ ठाकुरले 1840 सालमा खरिद गरेका थिए। गुरूदेव स्वयं पनि यहाँ कैयौं पटक बसेका थिए। साथै यो स्थान उनको रचनात्मक गतिविधिको महत्वपूर्ण केन्द्र रहेको छ। दुई तले यो भवन इण्डो-युरेपीय वास्तुकलाको अनुपम उदाहरण हो र आज पनि यो स्थललाई बंगलादेशको सिराजगञ्ज जिल्लामा एक प्रमुख पर्यटन केन्द्र मानिन्छ।

संस्कार भारतीले बंगलादेश सरकारसित माग गरेको छ, यस हमलामा सामेल सबै दोषीहरूलाई तुरून्त पक्राउ गरियोस् अनि गुरूदेवको स्मृतिसित सम्बन्धित यस धरोहरको तत्काल मरमती गराएर उचित सुरक्षा व्यवस्था सुनिश्चित गरियोस्। संस्थाको भनाइ छ, यो बंगलादेशको मात्र नभेर समस्त बंगला भाषी समाजको भावनात्मक विषय हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande