नवद्वीपमा तलाउको अवैध भराई, प्रशासन उदासीन
नवद्वीपमा तलाउको अवैध भराई, प्रशासन उदासीन


नवद्वीप, 14 जून (हि.स.)। नवद्वीपको मालंचपाड़ास्थित कुटीरपाड़ामा अवैध रूपमा तलाउलाई भर्ने काम भइरहेको छ। यो क्षेत्र नगरपालिकाको वार्ड नम्बर-16भित्र पर्दछ। स्थानीयहरूको आरोप छ, एउटा तलाउको किनारको भागलाई भरिएको छ। नवद्वीपको बिष्णुप्रिया हाल्ट स्टेशन संलग्न मालंचपाड़ादेखि श्रीरामपुर रोड तर्फ जो सड़कको देब्रेतिर कुटिरपाड़ामा अवस्थित यो तलाउ धेरै पुरानो हो। एक समयमा यहाँ माछा पालन गरिन्थ्यो।

वास्तवमा मनसुनभरि वरपर क्षेत्रबाट बगेर आएको अतिरिक्त वर्षाको पानी उक्त तलाउमा पस्छ। अहिले यसलाई भर्ने काम भइरहेको छ। यस सम्बन्धमा स्थानीय मानिसहरू डरले बोल्न तयार छैनन्। स्थानीय सूत्रानुसार तलाउसम्म पुग्ने ढलाईको सड़कको चौड़ा 6-7 फुट छ। एक-दुई पटक ट्र्याक्टरले उक्त सड़कमा प्रवेश गर्ने चेष्टा गर्दा स्थानीय मानिसहरूले रोकिदिए। आरोप छ, प्रशासनलाई सबै कुरा थाहा हुँदाहुँदै पनि कुनै पहल गरेको छैन।

शनिवार स्थानीय मानिसहरूले बताए, पछिल्लो लामो समयदेखिकै तलाउलाई भरिँदैछ। आमबागान कुटिरपाड़ाका वासिन्दाले बताए, यस तलाउको पानी गाउँका मानिसहरूले प्रयोग गर्दछन्। हामी चाहन्छौं, तलाउलाई भर्नदेखि रोकियोस्।

स्थानीय पार्षद निताईचन्द्र दासले भने, मेरो जानकारी अनुसार यस तलाउको मालिक नगरपालिकाको वार्ड नम्बर एकमा बस्छन्। तर मलाई थाहा छैन कि तलाउ कसले भरिरहेका छन्। तलाउलाई यसरी भर्न समय लाग्नेछ। प्रशासनसित पनि सहयोग मागिरहेको छु ताकि पर्यावरणलाई बचाउनको लागि तलाउलाई भर्नदेखि रोक्न सकियोस्। मामिलाको जानकारी प्रशासनिक अधिकारीहरूलाई दिइसकिएको छ। मैले शुक्रवार मौखिक रूपमा मेयरलाई पनि सूचित गरेको छु।

नवद्वीप ब्लक भूमि एवं भूमि सुधार विभाग (नवद्वीप नगरपालिका)- का राजस्व निरीक्षक सोमदीप चक्रवर्तीले भने, म घटनास्थलमा गएको थिएँ। यस्तो गतिविधि बिहान-बिहानै गरिँदैछ। तलाउमा माटो भर्ने काम भर्खरै शुरू भएको छ। मैले तलाउलाई भर्नदेखि रोक लगाइदिएको छु। तत्काल कारबाही गरिनेछ। हामीले यस मामिलामा निगरानी राखिरहेका छौं। यसमा सामेल मानिसहरू विरूद्ध उचित कारबाही गरिनेछ। थाहा लागे अनुसार तलाउको मालिग निमाई साहा हुन्। कृष्णानगर सदर महकुमा शासक शरदवती चौधरीले भने, बीएलआरओको रिपोर्ट हेरेपछि उचित कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande