जमीन विवादमा दुई परिवार आपस्तमा भिड़िए, चार जना घाइते
जमीन विवादमा दुई परिवार आपस्तमा भिड़िए, चार जना घाइते


मालदह, 14 जून (हि.स.)। मालदह जिल्लाको मानिकचक स्थित श्यामपुर गाउँमा शुक्रवार अपरान्ह जमीन विवादलाई लिएर दुई परिवारमाझ भएको झड़पमा चार जना मानिसहरू घाइते भए। पुलिसले मामिलाको जाँच गर्ने क्रममा गए शुक्रवार राति दुई जना आरोपीहरूलाई पक्राउ गरेको छ। मानिकचक थाना अन्तर्गत मिरदादपुर पञ्चायतको श्यामपुर गाउँ निवासी जहाँउर बेवा र छिमेकी गाउँका निवासी इस्माइल अन्सारीबीच जमीनलाई लिएर विगत लामो समयदेखिकै विवाद हुँदै आइरहेको थियो। विवादको कारण दुई परिवारमाझ कहिले-कहीँ भनाबैरी पनि हुन्थ्यो। गए शुक्रवार अपरान्ह पनि दुई पक्षमाझ भनाबैरी शुरू भयो। यसै अवधि इस्माइल र उसको परिवारका सदस्यहरूले जहाँउर बेवाका छोरा मोह्मद इमाममाथि हमला गरे। उसलाई फलामको रड र बाँसले कुटियो।

आरोप छ, उसलाई बचाउन गएका उसकी आमा, जहाँउर र अन्यमाथि पनि हमला गरियो। पछि स्थानीय मानिसहरू घटनास्थलमा एकत्र हुँदा आरोपी त्यहाँबाट भागिसकेको थियो। यस घटनामा फेकिया बेवा, मोहम्मद इमाम र अलेहा बीबी गम्भीर रूपमा घाइते भएका छन्। जहाँउर बेवालाई सामान्य चोट लागेको छ। अलहा बीबीको अवस्था गम्भीर रहेको कारणले उसलाई मालदा मेडिकल कलेजमा पठाइदियो। अन्यको मानिकचक अस्पतालमा उपचार भइरहेको छ। यस घटनालाई लिएर जहाँउर बेवाले मानिकचक थानामा इस्माइल अन्सारी सहित नौजना मानिसहरू विरूद्ध लिखित सिकायत दर्ता गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande