हरिद्वार, 14 जून (हि.स.)। नगर काेतवाली पुलिसले नक्कली नोटहरू सहित दुईजना युवकलाई पक्राउ गरेको छ। आरोपीहरूबाट 17,700 रुपियाँको नक्कली नोट जफ्त गरिएको छ। आरोपीहरू यी नक्कली नोटरहरूलाई हरिद्वारमा व्यापक भीड़ अवधि चलाउने दाउमा थिए। यस अगावै पुलिसले उनीहरूको उदेश्यलाई असफल बनाइदियो।
उल्लेखनीय छ, वरिष्ठ पुलिस अधीक्षक प्रमेन्द्र डोबालको निर्देशमा जिल्लाभरि नै संदिग्ध व्यक्ति अनि वाहनहरूको गहन जाँच अभियान संचालन गरिँदैछ। यसै क्रममा कोतवाली नगर प्रभारी निरीक्षक रितेश शाहको नेतृत्वमा पुलिसको टीमले सप्तऋषि क्षेत्रमा एउटा संदिग्ध कारलाई रोकेर जाँच गऱ्यो जसमा दुईजना संदिग्ध युवकहरूलाई हिरासतमा लिएर पुलिसले जाँचबुझ गऱ्यो।
जाँचबुझमा आरोपीहरूको पहिचान डबुआ कलोनी फरिदाबाद हरियाणा निवासी सतिश कुमार (28) अनि विकास कुञ्ज लोनी गजियाबाद उत्तर प्रदेश निवासी रविन्द्र (19)को रूपमा भएको छ। जाँचमा गौरवबाट 17,700 जाली नोट जफ्त गरियो। पुलिसे नक्कली नोटलाई कब्जामा लिएर आरोपीविरूद्ध सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा