दक्षिण बंगालमा मौसमले आफ्नो रूप परिवर्तन गर्नेछ, साँझ धेरैवटा जिल्लाहरूमा तूफानी वर्षा हुने अनुमान
weather


कोलकाता, 14 जून (हि.स.)। पश्चिम बंगालमा मौसमको स्वरूपमा ठूलो परिवर्तन देख्न पाइँदैछ। एकातिर उत्तर बंगालका जिल्लाहरूमा मनसुन पूर्ण रूपले सक्रिय भएर लगातार घना वर्षा भइरहेको छ भने अर्कोतिर दक्षिण बंगाल अहिले पनि प्रचण्ड गर्मी अनि आद्रताको चपेटबाट मुक्त हुन सकेको छैन। भारतीय मौसम विभाग अनुसार आगामी सप्ताहको मध्यसम्ममा दक्षिण बंगालका जिल्लाहरूमा पनि मनसुनले प्रवेश गर्ने प्रबल सम्भावना रहेको छ।

शनिवार बिहानदेखिकै कोलकाता लगायत दक्षिण बंगालका अधिकांश जिल्लाहरूमा च्याप-च्याप्ती गर्मी अनि आद्रताले मानिसहरूलाई बेहाल बनाइरहेको छ। तापमानमा वृद्धि अनि हावामा नमी रहेको कारणले जनजीवन प्रभावित भइरहेको छ। तथापि मौसम विशेषज्ञहरूले शनिवार साँझदेखि राहत पाइने सम्भावना व्यक्त गरेका छन्।

मौसम विभागका ताजा चेताउनी अनुसार शनिवार साँझदेखि दक्षिण बंगालका केही जिल्लाहरूमा हुरीसँगसँंगै मेघ गर्जन अनि सामान्यदेखि मध्यम वर्षा हुनसक्छ। कोलकाता, हावड़ा, हुगली, नदिया, उत्तर 24 परगना औ दक्षिण 24 परगना समेत धेरैवटा जिल्लाहरूमा तूफानी वर्षा हुने सम्भावना छ।

यस अतिरिक्त कतिपय स्थानहरूमा 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ जसबाट आम मानिसहरूलाई सतर्क रहने सल्लाह दिइएको छ।

मौसम विभाग अनुसार दक्षिण बंगालमा आगामी चारदेखि पाँच दिनसम्म रोकिँदै बेमौसमी वर्षाको सिलसिला जारी रहनेछ। आइतवार पनि केही जिल्लाहरूमा छुटपुट वर्षा हुनसक्छ।

आगामी सप्ताहको शुरुमा विशेष सोमवारदेखि दक्षिण 24 परगना औ पूर्व मेदिनीपुर जिल्लामा पनि भारी वर्षा हुने सम्भावना छ। मंगलवार यो वर्षा अझ व्यापक हुनसक्छ जतिबेला पुरूलिा, बाँकुड़ा अनि पश्चिम मेदिनीपुर जस्ता जिल्लाहरूमा घना वर्षा हुने अनुमान छ।

राजधानी कोलकातामा आद्रतापूर्ण गर्मीको प्रभाव दिनभरि रहे पनि साँझ हल्का वर्षा हुनसक्छ। मौसम विभागले भनेको छ, हाल शहरमा घना वर्षा हुने सम्भावना छैन। तर आगामी सोमवारदेखि बिस्तारै मौसम परिवर्तन भएर घना वर्षा हुनसक्छ जसबाट मानिसहरूले गर्मीबाट राहत पाउने आशा छ।

उत्तर बंगालमा मनसुन पूर्ण रूपले सक्रिय भइसकेको छ। शनिवार दार्जीलिङ, कालेबुङ, कुचबिहार जस्ता जिल्लाहरूमा भारी वर्षा हुने चेताउनी जारी गरिएको छ भने जलपाईगुड़ी र अलिपुरद्वारमा आज अतिभारी वर्षा हुने अनुमान लगाइएको छ। आइतवार पनि उत्तर बंगालका माथिल्लो क्षेत्र विशेष पाँचवटा जिल्लाहरूमा घना वर्षा हुनसक्छ। मौसम विभागले मानिसहरूलाई तीव्र हावा अनि वज्रपात हुने आशंकालाई ध्यानमा राखेर किसान अनि मछुआराहरूलाई विशेष सतर्कता अप्नाउने सल्लाह दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande