गान्तोक, 14 जून (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज नयॉं दिल्लीमा केन्द्रिय गृहमन्त्री अमित शाहसॅंग शिष्टाचार भेट गरे। यस अवसरमा राज्यपालले सिक्किमको विकासमा विभिन्न केन्द्र प्रायोजित योजनाहरूमाथि सकारात्मक चर्चा गरे। केन्द्रिय गृहमन्त्रीसॅंग राज्यको प्रगति र भविष्यका योजनाहरूमाथि पनि विचार विमर्श भएको राजभवनले आज विज्ञप्तिमा जनाएको छ।
उल्लेखनीय छ, राज्यपाल ओम प्रकाश माथुरले हिजो नयॉं दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उपराष्ट्रपति जगदीप धनखड़ र रक्षामन्त्री राजनाथ सिंहसॅंग पनि भेट गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल