गान्तोक, 14 जून (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले शुक्रवार प्रधानमन्त्री नरेन्द्र मोदीसॅंग नयॉं दिल्लीमा शिष्टाचार भेट गरे। उक्त जानकारी राजभवनले शनिवार बिहान प्रेस विज्ञप्तिमा दिएको छ।
यस महत्वपूर्ण बैठकमा प्रधानमन्त्री र राज्यपालबीच सिक्किमको विकाससित सम्बन्धित विभिन्न मुद्दाहरूमाथि चर्चा भयो। यस अतिरिक्त, भाइब्रेन्ट भिलेज योजना अन्तर्गत सीमावर्ती क्षेत्रको समग्र विकासलाई लिएर पनि महत्वपूर्ण कुराकानी भएको बताइएको छ।
उल्लेखनीय छ, राज्यपाल ओम प्रकाश माथुरले हिजो उपराष्ट्रपति जगदीप धनखड़ र रक्षामन्त्री राजनाथ सिंहसॅंग पनि भेट गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल