मुख्यमन्त्रीले विश्व रक्तदान दिवसमा गरे रक्तदान
मुख्यमन्त्रीले विश्व रक्तदान दिवसमा गरे रक्तदान


गुवाहाटी, 14 जून (हि.स.)। विश्व रक्तदान दिवसको अवसरमा आज मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले रक्तदान गरेर आम मानिसहरूलाई यस महान कार्यमा सहभागी हुने आह्वान गरेका छन्।

मुख्यमन्त्रीले सोशल मीडियामा एउटा पोस्ट शेयर गर्दै भनेका छन्, रक्तदान जस्तो महान कार्य गरेर कुनै व्यक्तिको जीवनमा आशाको किरण ल्याउन सकिन्छ। रक्तदान अर्थात जीवन दान। यस निःस्वार्थ कार्यमा आफूले आफैलाई जोड़्ने अवसर पाउननु भनेको सौभाग्यको कुरा हो।

आज 'विश्व रक्तदाता दिवस'-मा यस पवित्र कार्यसित जोड़िएका प्रत्येक व्यक्तिलाई हार्दिक धन्यवाद दिन्छु। आउनुहोस् हामी रक्तदानको बारेमा समाजमा अधिक जागरूकता फैलाऔं।

मुख्यमन्त्रीले भनेका छन्, रगतको एक थोपाले कसैको जीवनमा आशाको किरण ल्याउनसक्छ। यस विश्व रक्तदान दिवसमा, म सबैसित रक्तदान गरेर असंख्य मुहारहरूमा जीवनको खुशी फैलाउने आग्रह गर्दछु।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande