बदमाशहरूले एटीएम तोडेर लाखौं रूपियॉं लूटे
बदमाशहरूले एटीएम तोडेर लाखौं रूपियॉं लूटे


जलपाइगढी, 14 जून (हि.स.)। बदमाशहरूले एटीएम तोडेर लाखौं रूपियॉं लूटेका छन्। यो घटना जिल्लाको मयनागुडी ब्लकको बोलबाडी बजार क्षेत्रमा घटेको हो। शनिवार बिहान यो घटना प्रकाशमा आएपछि हलचल मचियो।

शुक्रवार अबेर राति बदमाशहरूको एक दलले क्षेत्रमा एक सरकारी ब्याङ्कको एटीएम तोडे र रूपियॉं लिएर भागे। बजारबीचमा भएको उक्त घटनाले पुलिसको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ।

घटनाको बारेमा सूचना पाउनसाथ पुलिस बल त्यहॉं आइपुग्यो, तर त्यस समयसम्म बदमाशहरू भागिसकेका थिए। घटनापछि क्षेत्रमा हलचल छ। सीसीटीवी फुटेजको जॉंच गरिॅंदैछ र पुलिस बदमाशहरूको खोजीमा जुटेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande