खरसाङ, 14 जून (हि.स.)। खरसाङमा स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको 135 औँ जन्म जयन्ती पालन गरिएको छ। यस अवसरमा गोर्खा जनपुस्तकालय खरसाङ र गोर्खा सांस्कृतिक संस्थान खरसाङको संयुक्त तत्वावधानमा खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा श्रद्धञ्जली कार्यक्रम आयोजना गरियो।
गोर्खा जनपुस्तकालय र गोर्खा सांस्कृतिक संस्थान् खरसाङका सदस्य-सदस्याहरूको उपस्थितिमा स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको प्रतिमूर्तिमा धूप दीप प्रज्ज्वलन गरेर उनको स्मृतिमा श्रद्धाफूल अर्पण गरियो। यसका साथै, गोर्खा जातीय विभूति उद्यानमा रहेका गोर्खा जातीय विभूतिहरुलाई पनि धुप दीप प्रज्ज्वलन साथै पुष्पाञ्जली अर्पण गरेर श्रद्धाञ्जली अर्पण गरियो।
कार्यक्रममा गोर्खा जनपुस्तकालय र गोर्खा सांस्कृतिक संस्थाका उपस्थित वरिष्ठ सदस्यहरुमा तिलक शर्मा, एलडी मोक्तान, विनोदप्रकाश शर्मा, पारस लामा, ऋषि राई, अरूण लामा, आशा मुखिया लामा, बिजया ब्लोन, मिना मोक्तान, नीतु छेत्री, कल्पना छेत्री, वसुन्धरा शर्मा, गौतम प्रधान, जयराज छेत्री सबैले स्वतन्त्रता सेनानी प्रतिमान लामालाई सश्रद्धा नमन गरी श्रद्धाञ्जली अर्पण गरे।
स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको जन्म 14 जून, 1890 मा भएको थियो। प्रतिमानसिंह लामा पहिलो मौलिख उपन्यासकार हुन्।
हिन्दुस्थान समाचार / हनोक