राहुल गान्धीको जन्मदिनमा तालकटोरा स्टेडियममा मेगा जब फेयर आयोजन गरिने
राहुल गान्धीको जन्मदिनमा तालकटोरा स्टेडियममा मेगा जब फेयर आयोजन गरिने


नयाँ दिल्ली, 14 जून (हि.स.)। दिल्ली प्रदेश कंग्रेस कमिटीले नेता विपक्ष राहुल गान्धीको जन्मदिन आगामी 19 जूनमा तालकोटरा स्टेडियममा मेगा जब फेयर आयोजना गर्ने निधो गरेको छ। यो आयोजन दिल्ली प्रदेश कंग्रेस कमिटीका अध्यक्ष देवेन्द्र यादवको निर्देशमा गरिँदैछ। सो जानकारी दिल्ली प्रदेश कंग्रेसको एक्स अकाउण्टमा शनिवार साझा गरियो।

प्रदेश कंग्रेसको भनाइ छ, यो जब फेयर आयोजना गर्नुको उदेश्य बढ़्दो महँगी अनि बेरोजगारीको जमानामा युवाहरूलाई रोजगारको अवसर प्रदान गर्नु हो। यसान्तर्गत हरि नगर ब्ल कंग्रेसका अध्यक्ष दिनेश जैन, हरि नगर विधानसभाका पूर्व प्रत्याशी प्रेम शर्मा अनि दिल्ली प्रदेश कंग्रेसका प्रवक्ता नरेन्द्रले मायापुरीको झोपड़ी बस्तीमा पुगेर बाह्रौं कक्षा उतीर्ण युवाहरूसित भेट गरे।

उनले युवाहरूलाई यस ममेगा जब फेयरको बारेमा जानकारी गराए, यसमा ठूल्ठूला कम्पनीहरूले भाग लिनेछन् जसले युवाहरूको लागि रोजगारको सुनौलो अवसर प्रदादन गर्नेछ। यस अवसरमा युवाहरूको रजिस्ट्रेशन पनि गराइयो। दिल्ली प्रदेश कंग्रेस कमिटीको यो पहल युवाहरूलाई रोजगार दिलाउने दिशामा एक सराहनीय कदम हो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande