कोलकाता, 14 जून (हि.स.)। राज्य मेडिकल काउन्सिलले तृणमूल कंग्रेसका सांसद एवं प्रसिद्ध चिकित्सक डाक्टर शान्तनु सेनलाई उनको प्रोफेशनल लेटरहेडमा एफआरसीपी (ग्लासगो) डिग्री प्रयोग गरिएको सन्दर्भमा कारण बताऊ नोटिस जारी गरेको छ। गए शुक्रवार सामु आएको उक्त नोटिसमा काउन्सिलले आरोप लगाएको छ, यो डिग्री भारतीय मेडिकल काउन्सिलमा पञ्जीकृत भएको छैन। तथापि डाक्टर सेनले यसलाई आफ्नो नामसित जोड़ेर उपयोग गरिरहेका छन् जसबाट रोगी अनि आम मानिसहरूलाई भ्रमित पार्न सकिन्छ।
मेडिकल काउन्सिलको नोटिसमा स्पष्ट रूपमा भनिएको छ, भारतीय मेडिकल काउन्सिल एक्टको धारा 26 अन्तर्गत कुनै पनि मेडिकल डिग्रीको पञ्जीकरण हुन अनिवार्य छ। हुन्छ। नोटिस अनुसार डाक्टर सेनले एफआरसीपी (ग्लासगो) डिग्रीलाई आफ्नो लेटरहेडमा अंकित गरेको भएपनि उनले यो स्पष्ट पारेनन् कि यो मात्र 'डिप्लोमा अफ फेलोशिप' हो। प्रमाणस्वरूप जुन सर्टिफिकेट उनले काउन्सिललाई देखाएका छन् त्यसमा डिप्लोमा अफ फेलोशिप एफआरसीपी (ग्लासगो) लेखिएको छ, तर उनको लेटरहेडमा 'डिप्लोमा अफ फेलोशिप' शब्द छैन।
मामिलालाई गम्भीर मान्दै काउन्सिलको प्यानल एथिक्स कमिटीले डाक्टर सेनसित 21 दिनभित्रमा लिखित स्पष्टिकरण दिने माग गरेको छ। आवश्यकता परे काउन्सिल समक्ष व्यक्तिगत रूपमा उपस्थित भएर पनि उनलाई आफ्नो पक्ष राख्ने अऩुमति दिइएको छ। यदि उनले निर्धारित समयवाधिमा उत्तर दिएऩन् भने वा उपस्थित भएनन् भने काउन्सिलले एक तर्फी फसेला लिनको लागि स्वतन्त्र हुनेछ।
यस मामिलामा डाक्टर शान्तनु सेनले सबै आरोपीहरूलाई शिराबाटै खारेज गर्द यसलाई व्यक्तिगत आक्रोश अनि शत्रुताको परिणाम बताएका छन्। उनले शनिवार बिहान भने, मैले कुनै गलत काम गरेको छुइनँ। मेरो विरोधमा भइरहेको यो कारबाही पूर्ण रूपले अनैतिक छ मैले पहिला नै पेनल एथिक्स कमिटीलाई लिखित रूपमा सबै कुरा स्पष्ट पारिसकेको छु। फेरि दोस्रो पटक पनि स्थिति बारे स्पष्ट पारेको छु। म 21 दिनको समय-सीमा अगावै यो साबित गर्नेछु कि यो मामिला केवल निजी शत्रुताको परिणाम हो।
उल्लेखनीय छ, आरजी कर दुष्कर्म औ हत्या मामिलामेा राज्य सरकारको कार्यशैलीमाथि प्रश्न उठाएपछि उनलाई पार्टीबाट पनि किनाराकृत गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा