गर्मीका कारणले चिया बगानहरूको समय-सारणीमा फेरबदल
गर्मीका कारणले चिया बगानहरूको समय-सारणीमा फेरबदल


- अब बिहान 6-देखि अपरान्ह 2 बजेसम्म हुनेछ काम

गुवाहाटी, 14 जून (हि.स.)। असममा व्याप्त प्रचण्ड गर्मीको कारणले राज्य सरकारले चिया बगानहरूका श्रमिकहरूको कार्य समयमा फेरबदल गरिदिएको छ। अब चिया श्रमिकहरूले बिहान 6 बजेदेखि अपरान्ह 2 बजेसम्म काम गर्नुपर्नेछ। असम सरकारको श्रम कल्याण विभागले यस सम्बन्धमा विशेष निर्देश जारी गरेको छ।

पूर्वमा चिया बगानहरूमा श्रमिकहरूले काम गर्ने समय बिहान 8 बजेदेखि साँझ 4 बजेसम्म निर्धारित थियो। तर राज्यभरि नै लगातार बढ़िरहेको तापक्रम अनि लुको स्थितिलाई मध्यनजर गर्दै यो निर्णय लिइएको छ। श्रमिकहरूको स्वास्थ्य अनि सुरक्षालाई ध्यानमा राखेर यो संशोधन लागू गरिएको हो।

ज्ञात रहोस्, अहिलेघरि असमका केही भागहरूमा तापमान सामान्यभन्दा धेरै अधिक दर्ता गरिँदैछ जसबाट आम जनजीवन पनि प्रभावित भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande