कोलकाता, 14 जून (हि.स.)। 2026 के विधानसभा चुनाउ पूर्व बीरभूम जिल्लामा संगठनलाई सशक्त बनाउनको लागि तृणमूल कंग्रेसले पूर्ण रूपले सक्रिय भएको छ। पार्टीका शीर्ष नेतृत्वले स्पष्ट पारेका छन्, आपसी मतभेद तथा टक्करलाई किनाराकृत गर्दै अब सबै नेताहरूले मिलेर काम गर्नुपर्छ।
यसै सन्देश अन्तर्गत शनिवार पार्टीका वरिष्ठ नेता तथा प्रदेश अध्यक्ष सुब्रत बक्सीले तृणमूलका दुईजना प्रभावशाली नेताहरू अणुव्रत मण्डल र काजल शेखलाई स्पष्ट चेताउनी दिएका छन्। उनीहरूले एकजुट भएर संगठनको निम्ति काम गरून् नत्र दुवैलाई पार्टीको कोपको सामना गर्नुपर्छ। पार्टीले यो निर्णय यस्तो समयमा लिएको छ जतिबेला मण्डलले पुलिस अधिकारीकी पत्नी र आमालाई दुष्कर्म गर्ने धम्की दिएको छ।
शनिवार कोलकातामा तृणमूलको राज्य स्तरीय संगठनको बैठक डाकिएको थियो जुन मुख्यतः आगामी 21 जुलाईको शहीद दिवस कार्यक्रमको तयारीलाई लिएर डाकिएको थियो। बैठकमा सबै जिल्लाका अध्यक्ष, चेयरम्यान अनि कोर कमिटीका सदस्यहरू उपस्थित थिए। बैठक शुरू हुनपूर्व बक्सीले अणुव्रत मण्डल अनि काजल शेखसित भिन्न-भिन्न बैठक गरे जसमा दुवैलाई हप्काइयो।
पार्टी सूत्र अनुसार बक्सीले कड़ा शब्दमा दुवै नेतासित भने, उनीहरूको आपसी विवाद अनि व्यक्तिगत तानातानले संगठनलाई नोक्सान पुऱ्याइरहेको छ। यदि यस विवादको प्रभाव चुनावी परिणामाथि पऱ्यो भने यसको जिम्मेवारी दुवैले लिनुपर्छ। उनीहरूलाई यो पनि स्पष्ट निर्देश दिइयो, यस बैठक बारे कुनै पनि जानकारी मीडियामा दिइएन।
मण्डलको समय पहिलाबाटै कठिन चलिरहेको छ। जेलबाट रिहा भएपछि उनी स्वास्थ्य समस्याहरूसित मात्र जुझिरहेका छैनन् जबकि एक भाइरल अडियो क्लिपको कारणले विवादमा पनि फसेका छन् जसमा उनलाई एकजना पुलिस अधिकारीलाई अश्लील भाषामा धम्काउँदै गरेको सुनिएको छ। संगठनले पनि उनको भूमिकालाई घटाइदिएको छ। अब तिनी कोर कमिटीका सदस्य मात्र रहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा