प्रय़ागराज, 15 जून (हि.स.)। बारा थाना क्षेत्रको सोनवर्षा गाउँमा आइतवार चट्याङले चार जनाको मृत्यु भयो। सूचना पाएर पुलिस एवं प्रशासनिक अधिकारीहरू घटनास्थलमा पुगे। पुलिसले चारै शवलाई कब्जामा लिएर विधिक कारबाही शुरू गरेको छ।
पुलिस उपायुक्त यमुनानगर विवेक चन्द्र यादवले भने, बारा थाना क्षेत्रको सोनवर्षा गाउँ निवासी विरेन्द्र वनवासी (35 वर्ष), उनकी पत्नी पार्वती (32 वर्ष) र दुई छोरी राधा एवं करिश्मा एउटा झोपड़ीमा सुतिरहेका थिए। अबेर राति अचानक मौसम खराब भयो र चट्याङ झर्दा यी सबैको घटनास्थलमै मृत्यु भयो। पुलिस टीम एवं प्रशासनिक अधिकारी घटनास्थलमा पुगेका छन्। चारै शवलाई पोस्टमार्टमको निम्ति पठाइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी