इम्फाल, 15 जून (हि.स.)। इम्फाल ईस्ट जिल्लाको यैंगांगपोकपी थाना क्षेत्र अन्तर्गत थायोंग चिंगयांग शांग्रान चिंग माखा लाइकोट कोम गाउँमा सुरक्षाबलहरूद्वारा तलाशी अभियान चलाएर प्रचुर मात्रामा हतियार र विस्फोटक सामग्री जफत गरियो।
पुलिस प्रवक्ताले आइतवार जानकारी गराए, जफत गरिएको सामग्रीमा 12 बोर बोल्ट एक्शन राइफल, 12 बोर एसबीबीएल राइफल, प्यारा बम (51 मिमी), नम्बर 36 ह्याण्ड ग्रेनेड, पोम्पी बम, 12 बोरको जिउँदो कारतूस, टियर स्मोक शेल (खोर्सानी युक्त) दुई, टियर स्मोक शेल (सफ्ट नोज), रबर बुलेट (38 मिमी एन्टी-रायट), टियर स्मोक ग्रेनेड तथा बीपी ज्याकेट (बिना प्लेट) सामेल छ।
सुरक्षा बलहरूले जफत गरिएको सामग्रीलाई आफ्नो कब्जामा लिएर अगाड़ीको जाँच शुरू गरेको छ। यिनीहरूको प्रयोग कुनै आपराधिक वा असामाजिक गतिविधिमा गरिनु थियो भनी आशंका व्यक्त गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी