रूद्रप्रयाग, 15 जून (हि.स.)। विश्व प्रसिद्ध केदारनाथ य़ात्रा मार्गमा गौरीकुण्ड नजिक आइतवार हेलीकप्टर दुर्घटनाको सूचना पाइएपछि प्रशासनले राहत एवं बचाउ दल घटनास्थलको निम्ति पठाएको छ। आर्य़न कम्पनीको यो हेलीकप्टर केदारनाथदेखि फाटा गइरहेको बताइएको छ। गौरीकुण्डका अग्ला क्षेत्रमा घास काँट्ने महिलाहरूले यो जानकारी दिए, जसपछि एनडीआरएफ र एसडीआरएफ टीमहरूलाई घटनास्थलतिर पठाइएको छ। अन्य जानकारी जुटाइँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी