अमेठी, 15 जून (हि.स.)। उत्तर प्रदेशको अमेठी जिल्लामा आइतवार बिहान शव लगिरहेको एम्बुलेन्स, एक पिकअप वाहनसित ठोकियो। जसले गर्दा एम्बुलेन्समा सवार छहमध्ये पाँच जनाको मृत्यु भयो। पुलिसले बचाउ राहत कार्य शुरू गर्दै दुर्घटनाग्रस्त वाहनलाई पूर्वाञ्चल एक्सप्रेस वे- बाट हटाएर सड़कलाई खाली गराउनमा जुट्यो।
बाजार शुकुल थानाका थानाध्यक्ष अभिनेष कुमारले भने, यो घटना आइतवार बिहान लगभग 6 बजीको हो। जहाँ हरियाणादेखि एक शव लिएर परिजन एम्बुलेन्समा बिहार गइरहेका थिए। पूर्वाञ्चल एक्सप्रेस वे- मा अगाड़ी कुदिरहेको पिकअपमा एम्बुलेन्सले पछाड़ीबाट जोडदार ठक्कर दियो। ठक्कर यति भीषण थियो कि एम्बुलेन्समा सवार छहमध्ये पाँचको घटनास्थलमै मृत्यु भयो। जबकि एक व्यक्ति गम्भीर रूपमा घाइते भएको छ।
पुलिस टीम बचाउ राहत कार्यमा जुट्यो। दुर्घटनाग्रस्त एम्बुलेन्सबाट सबैलाई बाहिर निकालियो र स्थानीय अस्पताल पठाइयो। जहाँ डाक्टरहरूले पाँच जनालाई मृत घोषित गरे। जबकि गम्भीर रूपमा घाइते छैठौं व्यक्तिको सामुदायिक स्वास्थ्य केन्द्र बाजार शुकुलमा उपचार गरिँदैछ। मृतकदेखि भेटिएको आधार कार्डबाट उसको पहिचान बिहार निवासी शर्मा परिवारको रूपमा गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी