चीनको मेजबानीमा 25-26 जूनमा एससीओ देशहरूको रक्षा मन्त्रीहरूको बैठक, राजनाथ सिंह किंगदाओ जाने
चीन


नयाँ दिल्ली, 24 जून (हि.स.)। चीनको मेजबानीमा यस पाली शंघाई सहयोग संगठन (एससीओ) को रक्षा मन्त्रीहरूको बैठक 25-26 जूनमा किंगदाओमा हुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले उच्चस्तरीय भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

बैठकमा राजनाथ सिंहले वैश्विक शान्ति र सुरक्षाबारे भारतको दृष्टिकोण प्रस्तुत गर्नेछन्। रक्षा मन्त्रीले चीन र रूस सहित केह भागीदार देशहरूको आफ्ना समकक्षहरूको साथ द्विपक्षीय वार्ता गर्नेछन्।

रक्षा मन्त्री राजनाथ सिंहले आतङ्कवादलाई समाप्त गर्न संयुक्त प्रय़ासहरूको आह्वान गर्नका साथै एससीओभित्र अधिक व्यापार र आर्थिक सहयोगको मुद्दामाथि वार्ता गर्नेछन्। बैठकमा विभिन्न देशहरूका रक्षा मन्त्रीहरूबीच क्षेत्रीय र अन्तरराष्ट्रिय शान्ति एवं सुरक्षा, आतङ्कवाद विरोधी प्रयासहरू र एससीओ सदस्य देशहरूका रक्षा मन्त्रालयहरूबीच सहयोग सहित धेरै मुद्दाहरूमाथि छलफल हुने सम्भावना छ। रक्षा मन्त्रीले क्षेत्रमा आतङ्कवाद र उग्रवादलाई समाप्त गर्न संयुक्त र लगातार प्रयासहरूको आह्वान गर्नेछन्।

रक्षा मन्त्रालय अनुसार, एससीओभित्र अधिक व्यापार, आर्थिक सहयोग र सम्पर्कको आवश्यकतामाथि जोड दिइने अनुमान छ। राजनाथ सिंहले एससीओ बैठकदेखि छुट्टै चीन र रूस सहित केही भागीदार देशहरूका रक्षा मन्त्रीहरूको साथ द्विपक्षीय बैठकहरू पनि गर्नेछन्। भारतले क्षेत्रमा बहुपक्षवाद, राजनीतिक, सुरक्षा, आर्थिक र मानिसहरूबीच आपसी सम्पर्कलाई प्रोत्साहित गर्नमा एससीओलाई विशेष महत्व दिँदछ। एससीओले सम्प्रभुता, राष्ट्रहरूको क्षेत्रीय अखण्डता, आन्तरित मामिलाहरूमा हस्तक्षेप नगर्ने, आपसी सम्मान र सबै सदस्य देशहरूको समानताको सिद्धान्तहरूको आधारमा आफ्नो नीतिको पालन गर्दछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande