डीआरआईले सुन पगाल्ने 7 जनालाई पक्राउ गऱ्यो, 9 करोड़ रूपियाँको सुन जफत
डीआरआईले सुन पगाल्ने 7 जनालाई पक्राउ गऱ्यो, 9 करोड़ रूपियाँको सुन जफत


मुम्बई, 24 जून (हि.स.)। राजस्व गोप्य निदेशालय (डीआरआई) ले दक्षिण मुम्बईमा सुन पगाल्ने सात जनालाई पक्राउ गरेको छ र यिनीहरूदेखि 8.93 करोड़ रूपियाँ मूल्यको सुन जफत गरेको छ।

डीआरआई सूत्रहरूले मंगलवार बतायो, केन्द्रिय एजेन्सीलाई दुबईदेखि भारतमा तस्करी गरी ल्याइएको सुनलाई पगालिने गोपनीय जानकारी प्राप्त भएको थियो। यस सूचनाको आधारमा डीआरआई टीमले दक्षिण मुम्बईमा आइतवार राति कोडनेम अपरेशन अलकेमिस्ट अन्तर्गत कारबाही शुरू गऱ्यो र मस्जिद बन्दर क्षेत्रमा दुई जनालाई पक्राउ गऱ्यो। उनीहरूदेखि 8.74 किलो सुन बारको रूपम जफत गरियो। यिनीहरूसित सोधपुछ गरिएपछि डीआरआई टीमले सोमवार यही क्षेत्रमा दुई जनालाई तस्करीको सुनलाई पगाल्दै गरेको समय रेड ह्याण्डेड पक्राउ गऱ्यो।

डीआरआई अनुसार, दुवैले आइतवार मुम्बई एय़रपोर्टमा 18 अण्डा आकारको सुनको क्याप्सूल पगालिरहेका थिए। यसपछि सोमवार अबेर राति तस्करीको क्याप्सूल एकत्र गर्नमा सामेल दुई आतिरिक्त व्यक्ति र पगाल्ने व्यवस्था गर्ने एक प्रमुख व्यक्तिलाई पक्राउ गरियो। यस प्रकार यस मामिलामा कूल सात जनालाई पक्राउ गरियो र अभियानमा 8.93 करोड़ रूपियाँ मूल्यको सुन जफत गरियो। अगाड़ीको जाँच जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande