लोकतन्त्रको रक्षामा संघ परिवारको ठूलो भूमिका, युवाहरूले जान्नुपर्छ त्यो भयावह इतिहास- नितिन गडकरी
गड


नयाँ दिल्ली, 26 जून (हि.स.)। केन्द्रिय सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले देशमा 1975 मा लगाइएको आपातकालमा लोकतन्त्रलाई कुल्चिने प्रय़ास भएको थियो र त्यसको रक्षामा राष्ट्रिय स्वयंसेवक संघ एवं त्यसबाट प्रेरित संगठनहरूको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। उनले भऩे, आजका युवाहरूले आपातकाल र यससित जोड़िएको भयावह इतिहास अवश्य जान्नु-बुझ्नुपर्छ।

केन्द्रिय मन्त्री गडकरीले आपातकालको 50औं बरसीमा बहुभाषी न्यूज एजेन्सी हिन्दुस्थान समाचारको तत्वावधानमा डा. अम्बेडकर इन्टरनेशनल सेन्टरमा आयोजित कार्यक्रमलाई सम्बोधित गरिरहेका थिए। गडकरीले भने, तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले आफ्नो सत्त बचाउन संविधानको मूल भावलाई बदलिन्, प्रेस, संसद र न्यायपालिकामाथि दबाउ दिइयो। त्यसस समय यस्तो भयको माहोल थियो कि मानिसहरूले आफ्नो अधिकारको निम्ति आवाज पनि उठाउन सक्थेनन्।

गडकरीले भने, 1975 मा उनी मेट्रिकको छात्र थिए र आपातकालको बिहान समाचार पत्र छापेको थिएन। त्यस समय हजारौं निर्दोष मानिसहरूलाई थुनामा पारियो। संविधान प्रदत्त मौलिक अधिकार समाप्त गरिएको थियो। पुलिसको गोलीले मारिएका व्यक्तिलाई पनि न्याय माग्ने अधिकार थिएन।

उनले जयप्रकाश नारायणद्वारा शुरू गरिएको भ्रष्टाचार विरोधी आन्दोलनको चर्चा गर्दै भने, बिहार आन्दोलनको केन्द्रमा थियो, जसमा अनेक छात्र संगठनहरू र संघबाट प्रेरित कार्यकर्ताहरूले भाग लिए। उनले पूर्व केन्द्रिय मन्त्री अश्विनी चौबे, वरिष्ठ पत्रकार रामबहादुर राय र सामाजिक कार्यकर्ता केएन गोविन्दाचार्य जस्ता नेताहरूको योगदानलाई पनि याद गरे।

गडकरीले भने, रायबरेली चुनाउमा सरकारी मशीनरीको दुरूपयोगमा जब इलाहाबाद हाईकोर्टले इन्दिरा गान्धी विरूद्ध फसेला सुनायो तब उनले राजीनामा दिनका सट्टा देशमा आपातकाल लगाइन्। इन्दिरा इज इण्डिया, इण्डिया इज इन्दिरा जस्ता नाराहरूको माध्यमले चाटुकारिताको पराकाष्ठा देखियो। यस अवधि कांग्रेसले भारतीय संविधानको जमेर अदेखा गऱ्यो जबकि आज त्यही पार्टीका नेताले अरूमाथि संविधान बदली गरेको आरोप लगाउँछन्।

गडकरीले भने, आपातकालको विरोध गर्नेहरूमा अटल बिहारी वाजपेयी, लालकृष्ण आडवाणी, जर्ज फर्नान्डिस जस्ता नेता थिए, जसलाई जेलमा हालिएको थियो। संघका हजारौं कार्यकर्ताहरूले भूमिगत रहेर लोकतन्त्रको रक्षाको निम्ति संघर्ष गरे। आपातकालको 50 वर्षले हामीलाई स्मरण गराउँछ कि लोकतन्त्रको रक्षा केवल कानूनले होइन मानिसहरूको आस्था, संघर्ष र बलिदानले हुन्छ। उनले युवाहरूसित यस इतिहासलाई जान्ने र लोकतन्त्रको रक्षाको निम्ति सजग रहने आग्रह गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande