सेनाले अपरेशन सिन्दूरमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बहादुर नागरिकहरूलाई गऱ्यो सम्मान
सेनाले अपरेशन सिन्दूरमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बहादुर नागरिकहरूलाई गऱ्यो सम्मान


राजौरी, 28 जून (हि.स.)। सेनाले अपरेशन सिन्दूरमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बहादुर नागरिकहरूलाई सम्मान गर्नका लागि राजौरीमा एक हार्दिक अभिनन्दन समारोह आयोजना गऱ्यो।

सेनाले एक्समा भन्यो,अपरेशन सिन्दूर गत 22 अप्रेल, 2025-का दिन पहलगाममा नागरिकहरूमाथि भएको बर्बर आतंकवादी हमलाको जवाफमा 6/7 मई 2025-को राति भारतीय सशस्त्र बलहरूद्वारा शुरूगरिएको एक सैन्य अभियान थियो।

पहलगाममा शान्तिपूर्ण सह-अस्तित्वलाई भत्काउने उदेश्यले मानिसहरूलाई उनीहरूको धर्मको आधारमा लक्षित गरिएको थियो। आतंकवादीहरूले एक जना स्थानीय टट्टु सवार सहित 26 जना नागरिकहरूको निर्दयतापूर्वक हत्या गरिदिएका थिए। भारतीय सशस्त्र बलहरूले पश्चिमी सीमामा आतंकी लञ्ज प्याडहरूविरूद्ध दृढ़, केन्द्रित तथा अप्रतिशोधात्मक प्रतिक्रिया दिए। प्रारम्भिक हमलामा 9 वटा आतंकवादी शिविर (पाकिस्तानमा 04 वटा र पाकिस्तानको कब्जामा रहेको जम्मू-कश्मीरमा 05वटा)-हरूलाई नष्ट गरिदियो। जवाफमा पाकिस्तानी सेनाले सबै सीमाहरूमा संघर्ष विरामको उल्लंघन गऱ्यो। यसको सशक्त जवाफ पाएपछि पाकिस्तानी सेनाले राजौरी र पुँछ जिल्लाका निर्दोष नागगरिकहरूलाई लक्षित गऱ्यो जसको परिणामस्वरूप 17 जना मानिसहरू मारिए भने लगभग 50 जनास्थानीय मानिसहरू घाइते भए जसबाट नागरिक बुनियादी ढाँचा, आजीविका तथा पशुपालन पनि प्रभावित भयो।

बहादुरी, देशभक्तिको आफ्नो समृद्ध परम्परालाई जारी राख्दै जस्तो कि 1948, 1965 औ1971 सालका युद्धहरूमा प्रदर्शित गरिएको थियो तथा व्यक्तिगत नोक्सानबाट प्रभावित नभई राजौरी र पुँछका जनताले हात मिलाए अनि सशस्त्र बलहरूसँगसँगै अथक प्रयास गरेर अपरेशन सिन्दूरको अन्तमा विजयी भए। यस अवधि महत्वपूर्ण भूमिका निभाउने बहादुर नागरिकहरूलाई सम्मानित गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande