पार्ट टाइम नोकरीको नाममा फ्याशन डिजाइनिंग छात्रासित ठगी, चार पक्राउ
पार्ट टाइम नोकरीको नाममा फ्याशन डिजाइनिंग छात्रासित ठगी, चार पक्राउ


नयाँ दिल्ली, 28 जून (हि.स.)। उत्तरी जिल्लाको साइबर थाना पुलिस टीमले पार्ट-टाइम नोकरीको प्रलोभन देखाएर ठगी गर्ने अन्तर्राज्यीयको भण्डाफोर गरेको छ।

टीमले तीन दिनभित्रमा 1800 किलोमीटरको दूरत्व तय गरी हरियाणा औ राजस्थानमा छापा माऱ्यो अनि चार जना आरोपीहरूलाई पक्राउ गरेको छ।

गिरोहले सोशल मीडिया र म्यासेजिंग एपको माध्यमबाट सिधा-सोझा मानिसहरूलाई होटल-रेस्टोरेन्टमा रेटिंग जस्ता कामहरू दिने लोभ देखाएर लाखौं रुपियाँको ठगी गर्दै आइरहेको थियो। पुलिस अनुसार फ्याशन डिजाइनिंग गरिरहेकी 32 वर्षीय छात्राले सिकायत गरेकी थिई, उसलाई व्हाट्सएपमा पार्ट टाइम जबको अफर दिइयो जसमा होटल अनि रेस्टोरेन्ट्सको रेटिंग दिएर पैसा कमाउने लोभ देखाइयो।

पहिला स-सानो टास्कको सट्टामा 50-100 म्यासेज पठाइयो, त्यसपछि टेलीग्राम ग्रुपमा जोड़ेर निवेश गराइयो।

छात्राले मोठ 90,800 रुपियाँ अलग-अलग ट्रान्जेक्शनहरूमा जमा गराई। पैसा फिर्ता नपाउँदा लगातार नयाँ भुक्तानको माग गरियो, त्यसपछि उसलाई आफू ठगिएको भान भयो।

सिकायतको आधारमा पुलिसले मुद्दा दर्ता गरी जाँच शुरू गऱ्यो। पुलिस टीमले तकनिकी जाँच अवधि सयवटा मोबाइल नम्बर, ब्यांक थाता अनि मनी ट्रेलबाट जाँच गऱ्यो। यसबीच पुलिसले गुप्त सूचनाको आधारमा सोनीपत, हरियाणाबाट अंशुल कुमार (20) र सन्दीप (19)-लाई पक्राउ गऱ्यो। त्यसपछि यिनीहरूले नै बताए अनुरूप जोधपुर, राजस्थानबाट राजेन्द्र उपनाम राजू (23) र रविन्द्र बेड़ा उपनाम राकेश (20)-लाई पक्राउ गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande