नयाँ दिल्ली, 28 जून (हि.स.)। दिल्लीको गीता कलोनी थाना क्षेत्रमा गए शुक्रवार राति एक सामान्य विवादले हिंसक रूप लियो। स्कुटी छोएको सानो कुरालाई लिएर शुरू भएको भनाबैरीले हत्याको रूप लियो जसमा 20 वर्षीय युवकको चक्कु रोपी हत्या गरियो। मृतकको पहिचान रानी गार्डन निवासी यशको रूपमा भएको छ।
यो घटना गत 27 जूनको राति लगभग 9:41 बजी भएको हो जतिबेला लक्ष्मी नगरस्थित एक अस्पतालबाट पुलिसलाई सूचना प्राप्त भयो, एक जना युवकलाई चक्कु रोपेर मृत अवस्थामा ल्याइएको छ। पुलिसकोप्रारम्भिक जाँचमा सामु आएको छ, यश आफ्नो स्कुटी मार्फत घरमा फर्किरहेको थियो। यसै अवधि उसको स्कुटीले एक जना नाबालिकलाई हल्का छोयो। यसै कुरालाई लिएर यश र नाबालिकमाझ भनाबैरी भयो।
क्षणभरमै विवाद बढ़ेर यहाँसम्म पुग्यो कि अमान, लकीर नाबालिकले यशलाई पछ्याउँदै गएर गीता कलोनी पुश्ता फ्लाइओभर नजिक पुगेपछि अमनले यशको पिठ्युँमा चक्कुले प्रहार गऱ्यो।
घटनापछि यशलाई बटुवाहरूको सहयोगमा नजिकैको अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। घटनापछि क्षेत्रमा तनाउ व्याप्त भयो। पुलिसले तत्काल कारबाही गर्दै अमान,लकी र नाबालिकलाई पक्राउ गरेको छ। तीनै जनासित जाँचबुझ भइरहेको छ साथै घटनामा प्रयोग गरिएको हतियारलाई पनि जफत गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा