खरसाङ एसोसिएशन फर टुरिज्म एण्ड कन्जरभेशनको आयोजनामा विश्व पर्यावरण दिवस पालन
खरसाङ एसोसिएशन फर टुरिज्म एण्ड कन्जरभेशनको आयोजनामा विश्व पर्यावरण दिवस पालन


खरसाङ, 05 जून (हि.स.)। खरसाङ क्षेत्रमा लगातार रुपमा दिगो पर्यटन र खरसाङको पर्यटकीय स्थलहरूको सुन्दरीकरणमा कार्य गरिरहेको संस्था खरसाङ एसोसिएशन फर टुरिज्म एण्ड कन्जरभेशनको आयोजनामा विश्व पर्यावरण दिवस पालन गर्दै वृक्ष रोपणको कार्य सम्पन्न गरिएको छ। संस्थाले बिहिवार खरसाङको चिमनी, देउराली क्षेत्रमा वृक्ष रोपणको कार्य गऱ्यो।

यस अवसरमा खरसाङ एसोसिएशन फर टुरिज्म एण्ड कन्जरभेशनका सभापति किशोर सिंह, सचिव रिचार्ड राजु गुरुङ, सह सचिव वाङचुङ भोटिया, टेक्निकल हेड ऋषि प्रधान, प्रचार प्रसार सचिव विधान गुरुङ लगायत 16 जना कार्यकारी सदस्यहरु उपस्थित थिए। विश्व पर्यावरण दिवसको अवसरमा यस संस्थाले विशेष गरेर विभिन्न फल‌ र फूलहरुका 200 वटा बिरुवाहरु रोपे।

यस वृक्ष रोपण कार्यको मुख्य उद्देश्य प्लास्टिकमुक्त खरसाङ क्षेत्र, पर्यटकीय स्थलहरूको सुन्दरीकरण र नयाँ पर्यटकीय स्थलहरू चिन्हित गरेर पर्यटन व्यवसायमा‌ सहयोग गर्नु रहेको बताइएको छ।‌ यस वृक्ष रोपणको कार्य अन्तर्गत यस संस्थाले आज देवरालीको कञ्चनजङ्घा भ्यु पोइन्टको शुरुवात् गर्दै वृक्ष रोपण गरेको छ। त्यसरी नै काली पोखरी सेल्फी पोइन्ट शुरु गरेर सर सफाई साथै वरिपरि वृक्ष रोपण गरिएको छ‌ भने चिमनी फरेस्ट भिलेजमा पनि वृक्ष रोपणको कार्य गरिएको छ।

संस्थाले आज गरेको वृक्ष रोपणको कार्यको निम्ति बिरुवाहरु तीन माईल सोसियल फरेस्ट रेञ्जबाट प्राप्त भएको बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande