'एक पेड़ मां के नाम': प्रधानमन्त्रीले भनेः अरावलीलाई फेरि हरियो बनाउन सरकार संकल्पित
मोदी


नयाँ दिल्ली, 05 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिवार विश्व पर्यावरण दिवसको अवसरमा ‘एक पेड़ मां के नाम’ अभियान अन्तर्गत दिल्लीको भगवान महावीर वनस्थली पार्कमा पौधारोपण गरे। यो प्रय़ास अरावली श्रृंखलालाई फेरि हरित बनाउने दिशामा उठाइएको महत्वपूर्ण कदम हो, जुन ‘अरावली ग्रीन वाल परियोजना’ को हिस्सा हो।

प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिवार विश्व पर्यावरण दिवसको अवसरमा यसको जानकारी साझा गर्दै एक्समा भनेका छन्, अरावली विश्वको सबैभन्दा पुरानो पर्वतमालामध्ये एक हो, जुन गुजरात, राजस्थान, हरियाणा र दिल्लीसम्म फैलेको छ। हालका वर्षहरूमा यस क्षेत्रसित सम्बन्धित धेरै पर्यावरणीय चुनौतीहरू अघि आएका छन्, जसको सामना गर्न सरकार प्रतिबद्ध छ।

उनले भने, सरकार जल प्रणालीहरूलाई सुधार्ने, आंधीहरूमाथि नियन्त्रण गर्ने, थार मरूभूमिको पूर्वतिर विस्तारलाई रोक्ने र अन्य उपायहरूमाथि काम गर्नेछ। यसको निम्ति स्थानीय प्रशासनको साथ मिलेर योजनाहरू बनाइनेछ।

प्रधानमन्त्रीले भने, जहाँ स्थानको कमी छ, जस्तै शहरी र अर्धशहरी क्षेत्रहरूमा, त्यहाँ परम्परागतका साथै नवीन पौधारोपण तकनीकहरूलाई पनि अपनाइनेछ। सबै गतिविधिहरू ‘मेरी लाइफ’ पोर्टलमा जियो-ट्य़ाग गरेर मोनिटर गरिनेछ।

यसका साथै आज प्रधानमन्त्रीले दिल्ली सरकारको एक पहल अन्तर्गत नयाँ इलेक्ट्रिक बसहरूलाई हरियो झण्डा देखाए। यो पहलले स्वच्छ शहरी परिवहन र टिकाऊ विकासलाई प्रोत्साहन दिनका साथै दिल्लीवासीहरूको जीवनलाई सुगम बनाउनेछ।

विश्व पर्यावरण दिवसमा प्रधानमन्त्रीले आज आफ्नो 7 लोक कल्याण मार्ग स्थित आवासमा ‘सिन्दूर’ को बिरूवा पनि रोपे। यो बिरूवा हालमा गुजरात यात्रामा 1971 को युद्धमा साहस र बलिदानको प्रतीक बनेका वीर महिलाहरूले उनलाई भेट गरेका थिए। यस अवधि प्रधानमन्त्रीले देशका युवाहरूलाई यस हरित अभियानमा सक्रिय भागीदारी गर्ने आह्वान गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande