लड़ाकू विमान राफेलको बडी अब भारतमा बनाइने, हैदराबादमा प्लान्ट लगाइने
टाट


नयाँ दिल्ली, 05 जून (हि.स.)। पहिलो पल्ट राफेलको बडीको उत्पादन फ्रान्स बाहिर गरिनेछ। यसको निम्ति फान्सकाे कम्पनी डसोल्ट एविएशनले टाटा एडवान्स्ड सिस्टम्ससॅंग साझेदारी गरेको छ। भारतमा पहिलो पल्ट राफेलको बडीको उत्पादन गर्न हैदराबादमा प्लान्ट लगाइनेछ। दुवै कम्पनीले भारतमा राफेल लड़ाकू विमानको बडीको निर्माण गर्नका लागि चार उत्पादन हस्तान्तरण समझौतामा हस्ताक्षर गरेका छन्।

डसोल्ट एविएशन अनुसार, यो प्लान्टले भारतको एयरोस्पेस बुनियादी ढांचामा एक महत्वपूर्ण निवेशको प्रतिनिधित्व गर्नेछ। साझेदारी अन्तर्गत टाटा एडवान्स्ड सिस्टम्ससॅंग हैदराबादमा राफेलको प्रमुख संरचनात्मक खण्डहरूको निर्माण गर्नका लागि अत्याधुनिक उत्पादन सुविधा स्थापित गरिनेछ, जसमा पछाड़ीको हिस्साको पार्श्व गोला, पूरा पछिल्लो भाग, केन्द्रिय भाग र अघिल्लो भाग सामेल छ। वित्त वर्ष 2028 मा असेम्बली लाइनबाट पहिलो बडी पार्ट निस्किने अनुमान छ र हरेक महिना दूई पूर्ण बडी पार्ट तयार हुने अनुमान छ।

डसोल्ट एविएशनका अध्यक्ष एवं सीईओ एरिक ट्रेपियरले भने, पहिलो पल्ट राफेलको बडीको उत्पादन फ्रान्स बाहिर गरिनेछ। यो भारतमा हाम्रो आपूर्ति श्रृंखलालाई मजबुत गर्नमा एक निर्णायक कदम हो। भारतीय एयरोस्पेस उद्योगमा प्रमुख खेलाड़ीहरूमध्ये एक टाटा एडवान्स्ड सिस्टम्स सहित हाम्रा स्थानीय भागीदारहरूका लागि यो आपूर्ति श्रृंखला राफेलको उत्पादनमा योगदान दिनेछ। हाम्रो समर्थनले गुणवत्ता र प्रतिस्पर्धात्मकता आवश्यकताहरूलाई पूरा गर्ने प्रयोस गर्नेछ। यस साझेदारीको उद्देश्य वैश्विक एयरोस्पेस आपूर्ति श्रृंखलामा एक प्रमुख खेलाड़ीको रूपमा भारतको स्थितिलाई मजबुत गर्नु हो।

टाटा एडवान्स्ड सिस्टम्स लिमिटेडका मुख्य कार्यकारी अधिकारी एवं प्रबन्ध निदेशक सुकरन सिंहले भने, यो साझेदारी भारतको एयरोस्पेस यात्रामा महत्वपूर्ण कदम हो। भारतमा सम्पूर्ण राफेलको बडीको उत्पादन टाटा एडवान्स्ड सिस्टम्सका क्षमताहरूमा बढ्दो विश्वास र डसोल्ट एविएशनको साथ हाम्रो सहयोगको शक्तिलाई बढ़ाउनेछ। यसले भारतको आधुनिक, मजबूत एयरोस्पेस विनिर्माण पारिस्थितिकी तन्त्र स्थापित गर्नमा गरिएको उल्लेखनीय प्रगतिलाई पनि दर्शाउँछ, जुन वैश्विक प्लेटफार्महरूको समर्थन हो। यो अनुबन्ध भारतको 'मेक इन इण्डिया' र आत्मनिर्भर पहलहरूप्रति डसोल्ट एविएशनको मजबूत प्रतिबद्धतालाई दर्शाउँछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande