भारतले गत 11 वर्षमा विभिन्न क्षेत्रहरूमा तीव्र परिवर्तन देख्यो- प्रधानमन्त्री
़़


नयाँ दिल्ली, 09 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको पहिलो वर्ष पूरा हुँदा उनको सरकारको 11 वर्षको कार्यकालमा भारत न केवल सबैभन्दा तीव्र गतिमा बढ्दो प्रमुख अर्थव्यवस्था बनेको छ, तर जलवायु कारबाही र डिजिटल नवाचार जस्ता महत्वपूर्ण मुद्दाहरूमा एक प्रमुख वैश्विक आवाज पनि बनेको बताएका छन्।

प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक एक्स ह्याण्डलमा सेवाको 11 वर्ष ह्याशट्यागको साथ धेरै पोस्ट गरेका छन्। उनले भने, उनको सरकारको हरेक योजनाको केन्द्रमा गरीब-भाई-बहिनीहरूका साथै जन-जनको कल्याण सुनिश्चित गर्नु रहेको छ। उज्जवला होस् या पीएम आवास, आयुष्मान भारत होस् या भारतीय जन औषधि या फेरि पीएम किसान सम्मान निधि, यी सबै योजनाहरूले देशवासीहरूको आशाहरूलाई नयाँ गति दिएको छ। हामीले यस अवधि पूरा निष्ठा र सेवाभावले मानिसहरूको जीवन सुगम बनाउने हरसम्भव प्रय़ास गरेका छौं।

प्रधानमन्त्रीले एक अन्य पोस्टमा भने, सुशासन र परिवर्तनमाथि स्पष्ट ध्यान दिइयो। 140 करोड़ भारतीयहरूको आशीर्वाद र सामूहिक भागीदारीले संचालित भारतले विभिन्न क्षेत्रहरूमा तीव्र परिवर्तन देखेको छ। ‘सबैको साथ, सबैको विकास, सबैको विश्वास, सबैको प्रय़ास’ को सिद्धान्तले प्रेरित भएर एनडीए सरकारले गति र संवेदनशीलताको साथ पथप्रदर्शक परिवर्तन गरेको छ। आर्थिक विकासदेखि लिएर सामाजिक उत्थानसम्म, मानिसहरूमाथि केन्द्रित, समावेशी र सर्वांगीण प्रगतिमाथि ध्यान केन्द्रित गरिएको छ। आज भारत केवल सबैभन्दा तीव्र गतिमा बढ्ने प्रमुख अर्थव्यवस्था नभएर जलवायु कारबाही र डिजिटल नवाचार जस्ता महत्वपूर्ण मुद्दाहरूमाथि एक प्रमुख वैश्विक आवाज पनि हो। हामीलाई आफ्नो सामूहिक सफलतामाथि गर्व छ तर साथै हामी एक विकसित भारतको निर्माणको निम्ति आशा, विश्वास र नयाँ संकल्पको साथ अगाड़ी हेर्छौं। आर्थिक विकासदेखि लिएर सामाजिक उत्थानसम्म सरकारले जन-केन्द्रित, समावेशी र सर्वांगीण प्रगतिलाई प्राथमिकता दिएको छ।

प्रधानमन्त्रीले नागरिकहरूलाई नमो एपको माध्यमले यस परिवतर्नकारी यात्राको पत्तो लगाउनका लागि प्रोत्साहित गरे। उनले भने, यस एपले सरकारको उपलब्धीहरूलाई इन्टरेक्टिव तरीकाले प्रस्तुत गर्दछ, जसमा गेम, क्विज, सर्वेक्षण र अन्य प्रारूप सामेल छन्, जसले जानकारी दिनका साथै मानिसहरूलाई प्रेरित गर्छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande