कोलकाता, 01 जुलाई (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले मंगलवार राज्यका प्रथम मुख्यमन्त्री डाक्टर बिधान चन्द्र रायको जयन्ती तथा पुण्यतिथिको अवसरमा उनलाई श्रद्धाञ्जलि अर्पण गरिन्। यस दिनलाई राष्ट्रिय चिकित्सक दिवसको रूपमा मनाइन्छ।
डाक्टर रायको स्मृतिमा ट्वीट गर्दै ममता ब्यानर्जीले भनिन्, पूर्व मुख्यमन्त्री डाक्टर बिधान चन्द्र रायलाई उनको जयन्ती अनि पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जलि। राष्ट्रिय चिकित्सक दिवसको अवसरमा सब डाक्टर अनि चिकित्सा सेवासित सम्बन्धित दाज्यु-भाइ तथा दिदी-बहिनीहरूलाई मेरो हार्दिक शुभकामना अनि बधाई।
भारतमा राष्ट्रिय चिकित्सक दिवसको शुरुआत वर्ष 1991- मा डाक्टर रायले चिकित्सा क्षेत्रमा पुऱ्याएको योगदानलाई सम्मानित गर्ने उदेश्यले गरिएको थियो। डाक्टर राय एकजना प्रख्यात चिकित्सक मात्र थिएनन्, भारतीय राष्ट्रिय कंग्रेसका नेता र आधुनिक पश्चिम बंगालका वास्तुकार पनि मानिन्छ।उनी 1950- देखि 1962 सालसम्म राज्यका मुख्यमन्त्री रहे।
01 जुलाई, 1882-मा जन्म ग्रहण गरेका डाक्टर रायको निधन 1962 सालमा आजकै दिनमा भएको थियो। उनलाई 1961 सालमा भारत रत्नले सम्मानित गरियो। मुख्यमन्त्रीको रूपमा उनले कल्याणी, दुर्गापुर औ साल्टलेक जस्ता शहरहरूको आधारशिला राखे। साथै आईआईटी खड़गपुर जस्ता केही प्रमुख संस्थानहरूको स्थापनामा उनले महत्वपूर्ण भूमिका निर्वाह गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा