हरिद्वार, 12 जुलाई (हि.स.)। काँवड़ मेलामा काँवड़ीहरूको संख्या लगातार बढ़्दै गइरहेको छ। हिजोदेखि काँवड़ीहरूको संख्या अत्यधिक रूपमा बढ़ेको छ। गंगा जल लिनको लागि हरिद्वार आउने काँवड़ीहरू गंगाजल भरेर आफ्नो गन्तव्य तर्फ प्रस्थान भइरहेका छन्।
शनिवार गंगाजल लिएर आफ्नो गन्तव्य तर्फ गइरहेका केही काँवड़ी र पुलिसबीच झड़प भयो। पुलिसले विवेकपूर्ण झंगमा काँवड़ीहरूलाई उनीहरूको गन्तव्य तर्फ प्रस्थान गरायो।
उल्लेखनीय छ, प्रशासनद्वारा काँवड़ीहरूको आगमन अनि प्रस्थानको लागि रूट निर्धारण गरिएको छ। पैदल हिँड़ने काँवड़ीहरूलाई नहर पटरी मार्गबाट पठाइँदैछ। आज केही काँवड़ीहरूले नहर पटरी मार्गलाई छोड़ेर राजमार्गबाट जाने चेष्टा गर्न थाले।
सिंहद्वारमा तैनाथ पुलिस कर्मीहरूले उनीहरूलाई नहर पटरी मार्गबाट जानको लागि आग्रह गरे। तर कावँड़ीहरू आफ्नो हठमा कायम रहे। त्यसैले पुलिस र काँवड़ीहरूमाझ झड़प भयो। पुलिसले आफ्नो विवेकको परिचय दिँदै उनीहरूलाई सम्झाएर गन्तव्य तर्फ प्रस्थान गरायो। पुलिसको प्रयासले आज ठूलो दुर्घटना हुनदेखि बच्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा