काँवड़ मेलामा स्वास्थ्य विभागको दर्जनौं मेडिकल क्याम्प
काँवड़ मेलामा स्वास्थ्य विभागको दर्जनौं मेडिकल क्याम्प


हरिद्वार, 12 जुलाई (हि.स.)। हरिद्वारमा श्रावण महिनाको काँवड़ मेला आरम्भ भइसकेको छ। काँवड़ लैजाने शिव भक्तहरूलाई कुनै प्रकारको असुविधा हुन नदिनका लागि नागरिक प्रशासन र पुलिस प्रशासनले व्यापक व्यवस्था गरेको छ। मेलामा करोड़ौं कावँड़ीहरूको सम्भावित आगमनलाई मध्यनजर गर्दै स्वास्थ्य विभाग पूर्ण रूपमा तयार छ।

मुख्य चिकित्सा अधिकारी आरके सिंहले काँवड़ मेलाको लागि मेला अस्पतालका प्रमुख अधीक्षक डा. राजेश गुप्तालाई नोडल अधिकारी नियुक्त गरेका छन्। काँवड़ मेला क्षेत्रका स्वास्थ्य व्यवस्थाहरूलाई उन्नत बनाउन जुटेका छन्। डा. राजेश गुप्ताले बताए, सम्पूर्ण काँवड़ मेला क्षेत्रलाई पाँच वटा सेक्टरमा विभाजन गरिएको छ। भूपतवालादेखि नारसन अनि चिड़ियापुर बोर्डरसम्म विभाजन गरिएको छ। यी क्षेत्रहरूमा स्वास्थ्य सेवाहरूलाई सुचारू रूपमा जारी राख्नका लागि 24 वटा अस्थायी स्वास्थ्य क्याम्प तथा पाँच-पाँचवटा निजी चिकित्सा शिविर राखिएको छ। काँवड़ीहरूको चिकित्सा सुविधाको निम्ति 89 जना चिकित्सक, 114 फार्मासिस्ट, 150 जना अन्य स्वास्थ्य कर्मीहरूलाई तैनाथ गरिएको छ। प्रत्येक स्वास्थ्य बूथमा एउटा एम्बुलेन्स 24 घण्टै उपलब्ध रहनेछ।

श्री गुप्ताले बताए, यी स्वास्थ्य क्याम्पहरूमा काँवड़ीहरूको सेवाको लागि ब्लड शुगर, ब्लड प्रेशर नाप्ने, जनावहरूले टोकेको इन्जेक्शन र पट्टी, अक्सीजन वा अन्य सामान्य रोगहरूको लागि आवश्यक औषधिहरू उपलब्ध रहनेछ। यी स्वास्थ्य शिविरहरूले आगामी 25 जुलाईसम्म लगातार काम गरिरहनेछन्। सबै स्वास्थ्य केन्द्रहरूलाई आवश्यक औषधि अनि उपकरण उपलब्ध गराइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande