बेपत्ता अमरनाथ यात्रीको पत्तो लगाउन रेलपथरीको चश्मा पोइन्ट नजिक व्यापक खोज एवं बचाउ अभियान आरम्भ
बेपत्ता अमरनाथ यात्रीको पत्तो लगाउन रेलपथरीको चश्मा पोइन्ट नजिक व्यापक खोज एवं बचाउ अभियान आरम्भ


श्रीनगर, 12 जुलाई (हि.स.)। एकजना बेपत्ता अमरनाथ यात्रीलाई खोज्नको निम्ति रेलपथरीको चश्मा पोइन्ट नजिक व्यापक खोजी एवं बचाउ अभियान शुरू गरिएको छ। उक्त तिर्थयात्री यात्रा गर्ने क्रममा नालीा झरेको हुनसक्ने अनुमान लगाइएको छ।

अधिकारीहरूले बताए, बेपत्ता तिर्थयात्रीको पहिचान लुधियाना निवासी गेनचन्द अरोड़ाका छोरा सुरिन्दर पाल अरोड़ाको रूपमा भएको छ जो पवित्र अमरनाथ गुफा जाँदै गर्दा रेलपथरीको चश्मा पोइन्ट नजिकबाट बेपत्ता भएका छन्। उनले भने, उ नालामा झरेको हुनसक्ने आशंका छ।

जानकारी पाए लगत्तै जम्मू-कश्मीर, सशस्त्र पुलिस, एसडीआरएफ, आईटीबीपी र स्थानीय पुलिसको पर्वतीय बचाउ टीम (एमआरटी)-हरूले सक्रिय भएर क्षेत्रमा संयुक्त अभियान शुरू गरेका छन्।

चुनौतीपूर्ण भू-भाग तथा पानी परिरहेको अवस्थामा पनि खोजी अभियान जारी छ। अधिकारीहरूले बेपत्ता तिर्थयात्रीको बारेमा पत्तो लगाउनको सबै उपलब्ध संसाधनहरूको प्रयोग गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande