ग्यास ट्यांकरले बाइक सवार दम्पतिलाई कुल्चियो, दुवैको मृत्यु
ग्यास ट्यांकरले बाइक सवार दम्पतिलाई कुल्चियो, दुवैको मृत्यु


भरतपुर, 12 जुलाई (हि.स.)। शनिवार बिहान भएको भयानक सड़क दुर्घटनामा बाइक सवार दम्पतिको मृत्यु भयो। यो दुर्घटना मथुरा गेट थाना अन्तर्गत सारस चौरस्तामा त्यसबेला भयो जतिबेला दम्पतिले रोड क्रस गरिरहको थियो। जयपुरदेखि आगरातर्फ गइरहेको ग्यासले भरिेको ट्यांकरले उनीहरूको बाइकलाई चपेटमा पाऱ्यो।

बिहान 6 बजी भएको यस भयानक घटनामा दम्पतिको घटनास्थलमै मृत्यु भयो जसको पहिचान नेत्रपाल गुर्जर (36) र उनकी पत्नी कृपा (32) हेलक गाउँ भरतपुर निवासीको रूपमा भएको छ। पुलिस लाइनतिरबाट सड़क पार गरिरहेको दम्पतिलाई द्रूत गतिको ट्यांकरले साइडबाट ठक्कर दिएपछि पनि टाड़ासम्म घिसार्दै लग्यो। त्यसपछि बाइकसितै दम्पति सारस चौरस्तमा ठोक्कियो जसले गर्दा दुवैको घटनास्थलमै मृत्यु भयो। घटनापछि ट्यांकर चालक घटनास्थलबाट भाग्न सफल भयो।

सारस चौकी इञ्चार्ज एएसआई राधा किशनले बताए, घटनाको सूचना पाउनसाथ मथुरा गेट थाना पुलि र चौकी पुलिस घटनास्थलमा पुग्यो। शवहरूको निरीक्षण गर्दा हात लागेको दस्तावेजबाट मृतकहरूलाई चिन्हित गरियो। त्यसपछि परिवारलाई घटनाको जानकारी दिइयो। पुलिसले शवलाई आरबीएम अस्पतालको शवगृहमा रखाएको छ।

भनिन्छ, नेत्रपाल गुर्जरले हेलक गाउँमा खेती-किसानी गर्दथे। उनीहरूका तीन सन्तान क्रमैले छोरीद्वय निधि (19) र नेहा (18), छोरा दुर्गेश (15) भरतपुरको पुलिस लाइन क्षेत्रमा अवस्थित आफ्ना मामा मुरालीलालको घरमा बसेर पढ़्दै आइरहेका छन्। माता-पिता उनीहरूलाई नै भेटेर शनिवार गाउँ फर्किरहेका थिए, तर यो घटना घट्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande