आईआईएम जोकाको बोइज होस्टेलमा छात्रासित दुष्कर्म गरेको आरोप, आरोपी छात्र पक्राउ
आईआईएम जोकाको बोइज होस्टेलमा छात्रासित दुष्कर्म गरेको आरोप, आरोपी छात्र पक्राउ


कोलकाता, 12 जुलाई (हि.स.)। देशकै प्रतिष्ठित शैक्षणिक संस्थानहरूमा दर्रिने आईआईएम जोका एक पटक फेरि विवादहरूले घेरिएको छ। यहाँ एक जना छात्रासित बोइज होस्टेलमा दुष्कर्म गरेको गम्भीर मामिला सामु आएको छ। पीड़िताले आरोप लगाएकी छन्, संस्थानकै दोस्रो वर्षको छात्रले काउन्सिलिंगको नाममा उसलाई होस्टेलमा बोलायो। आरोप छ, पहिला नशालु पदार्थ खुवाएर उसलाई बेहोश बनायो अनि पछि उसित दुष्कर्म गऱ्यो।

पुलिस सूत्र अनुसार पीड़िता आईआईएम जोकाकै छात्रा हुन्। उसले बताई, आरोपीले पहिला उसलाई काउन्सिलिंग सत्रको बहानामा ब्वोइज होस्टेलमा बोलायो जहाँ उसलाई ‘भिजिटर्स बुक’-मा हस्ताक्षर गर्न समेत दिइएन। त्यसपछि उसलाई पिज्जा र पानी दिइयो जसमा कथित रूपमा नशालु पदार्थ मिसाइएको थियो। पीड़िताको भनाइ छ, खानेकुरा खाएपछि उ पूर्ण रूपमा बेहोश भई र होश आउँदा उ होस्टेलको कोठाभित्र थिई।

पीड़िता मुताविक उसले प्रतिकार गर्दा आरोपीले उसित कुटपिट गऱ्यो। घटनापछि छात्रा सबैभन्दा पहिला ठाकुरपुर थानामा पुगी, तर त्यहाँबाट उसलाई हरिदेवपुर थानामा पठाइयो, किनभने आईआईएम जोका सोही थाना अन्तर्गत पर्दछ। पुलिसको सहयोगमा छात्राले शुक्रवार हरिदेवपुर थानामा औपचारिक सिकायत दर्ता गराई जसपश्चात पुलिसले घटनास्थलमा पुगेर प्रमाण जुटाो अनि आरोपी छात्रलाई पक्राउ गऱ्यो।

स्मरण गराइन्छ, हालैमा कसबास्थित साउथ कलकत्ता ल कलेजमा पनि एक जना छात्रासित दुष्कर्म भएको थियो। यस मामिलामा कलेज परिसरभित्र छात्रालाई यूनियन रूममा दुष्कर्म गरिएको थियो। त्यसपछि फेरि गार्डको कोठाभित्र उसित बलात्कार भयो। यस घटनामा अहिलेसम्ममा चार जनालाई पक्राउ गरिसकिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande