शिवसागर (असम), 12 जुलाई (हि.स.)। असमको शिवसागर जिल्लामा एक नवजात शिशुलाई अवैध रूपमा75 हजार रुपियाँमा बेचेको सन्त्राषपूर्ण मामिला सामु आएको छ। नवजातलाई शनिवार भोर बिहान चराइदेव जिल्लाको सापेखाटी क्षेत्रबाट एक विशेष अभियान अन्तर्गत उद्धार गरिएको हो।
शिवसागर जिल्ला बाल कल्याण समितिकी सदस्य अजन्ता काकती र जयसागर थानाकाउप-निरीक्षक अतुल बोराको नेतृत्वमा संयुक्त अभियान संचालन गरी सापेखाटी पुलिस थानाको सहयोगमा फुनरञ्जन चांगमाई अनि सबिता गोगोई चांगमी नामक दम्पतिको घरबाट नवजात शिशुलाई सुरक्षित उद्धार गरियो।
यस अवैध मानव तस्करी ऱ्याकेटमा सामेल रहेको आरोपमा पुलिसले गत 9 जुलाईको दिन नै आशा कार्यकर्ता मनवारा बेगमलाई अनि 10 जुलाईमा नाजिराकी आशा कार्यकर्ता रेशमा ताँतीलाई पक्राउ गरेको थियो। यसको साथै थप तीन जना आशा कार्यकर्ता अनि एक जना युवक पनि यस गिरोहमा सामेल रहेको जानकारी हात लागेको छ।
सूत्र अनुसार एक जना अविवाहित युवती गर्भवती भएको जानकारी यी आरोपी आशा कर्मीहरूलाई पहिलाबाटै थियो। यिनीहरूकै सल्लाह अनुरूप युवतीलाई नाम परिवर्तन गरेर शिवसागर सिभिल अस्पतालको प्रसुति विभागमा भर्ती गरियो। गत 17 जूनको दिन युवतीले छोरा जन्माइन्।
पछि 25 जूनमापूर्व नियोजित षड़यन्त्र अन्तर्गत नवजातलाई चराइदेव जिल्लाको सापेखाटी निवासी उक्त दम्पतिलाई शिवसागर सिभिल अस्पताल सामु 75 हजार रुपियाँमा बेचियो।
घटना उजागर भएपछि गत 9 जुलाईमा शिवसागर जिल्ला बाल सुरक्षा अधिकारी डा. विकास रञ्जन कोँवर अनि बाल कल्याण समितीकी सदस्य अजन्ता काकतीले जयसागर थानामा सिकायत दर्ता गराए।
एफआईआरकोआधारमा जाँच गर्दै पुलिसले मनवारा बेगम र रेशमा ताँतीलाई पक्राउ गऱ्यो भनि शनिवार भोर बिहान नवजातलाई सकुशल उद्धार गऱ्यो। तथापि मनवारा बेगमको दाबी छ, उ शिशु तस्करीमा प्रत्यक्ष रूपमा सामेल थिइन।
पुलिसलाई अहिलेसम्मको जाँचमा यो पनि थाहा लागेको छ, शिशुलाई बेचेको सट्टामा 75 हजार रुपियाँभन्दा अधिकको लेन-देन भएको थियो। यस मामिलामा थप तीन जना आशा कार्यकर्ता अनि एक जना युवक संलिप्त रहेको पनि खुलासा हुने सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा