हरिद्वार, 12 जुलाई (हि.स.)। उत्तराखण्ड सरकारद्वारा संचालित अपरेशन कालनेमी अन्तर्गत हरिद्वार पुलिसद्वारा ढोंगी बाबाहरू जसले साधु-सन्तको भेष धारण गरेर जनताको धार्मिक भावनामा आघात पुऱ्याउँछन्-लाई चिन्हित गरी उनीहरूविरूद्ध कारबाही गरियो। जिल्लाका विभिन्न थाना क्षेत्रहरूबाट यस्ता 48 जना भेषधारी बाबाहरूलाई पक्राउ गरिएको छ।
अपरेशन कालनेमी अन्तर्गत गरिएको पक्राउको सम्बन्धमा एसएसपी प्रमेन्द्र डोबालले भने, नक्कली भेषधारी बाबाहरूको धरपकड़कको निम्ति टीमहरू गठन गरिएको छ। सुदूरवर्ती क्षेत्रको टीमद्वारा कलियर क्षेत्रबाट 6 जना ढोंगी साधुहरूलाई पक्राउ गरियो।
उनले बताए, शहरी क्षेत्रको टीमले एकपछि अर्को कारबाही गर्दै कोतवाली नगरले 13जना, श्यामपुरले 18 जना अनि कनखलले 08 जना ढोंगी साधुहरूलाई पक्राउ गऱ्यो। पक्रा पर्ने 45 जना नक्कली बाबाहरूमा सातजना अहिन्दू छन्। पुलिसले सबैविरूद्ध कानूनी कारबाही गर्दै चलान गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा