कोलकाता, 12 जुलाई (हि.स.)। कोलकाता मेट्रोको ब्लू लाइनमा शनिवार एकपटक फेरि त्यसबेला भाग-दौड़ मच्चियो जतिबेला सेन्ट्रल स्टेशनमा आत्महत्या गर्ने प्रयासले मेट्रो सेवालाई लगभग एक घण्टासम्म बाधित बनायो।
दक्षिणेश्वर तर्फ गइरहेको मेट्रो ट्रेन अगाड़ि एकजना मानिसले हाम फाल्यो जसले गर्दा तुरून्त सम्बन्धित ट्र्याकमा विद्युत आपूर्ति काटियो अनि यात्रीलाई बचाउने अभियान शुरू गरियो। यसबीच अप र डाउन दुवै लाइनमा मेट्रो सेवालाई अस्थायी रूपमा बन्द राखियो।
मेट्रो अधिकारीले जानकारी गराए, बिहान 11:55 बजे भएको यस घटनापछि गिरिश पार्कदेखि दक्षिणेश्वर तथा मैदानदेखि कवि सुभाष स्टेेशनसम्म सेवालाई सीमित राखियो भने अन्य भागहरूमा मेट्रो सेवा पूर्ण रूपमा ठप्प रह्यो।
लगभग 12:55 बजे दुवै लाइनमा सेवालाई सामान्य रूपमा बहाल गरियो। यसावधि श्याम बजार, सेन्ट्रल र शोभा बजार स्टेशनमा यात्रीहरूलाई विभिन्न असुविधाहरूको सामना गर्न परिरहेको छ। स्टेशनहरूमा बारम्बार घोषणा गरियो जसबाट केही यात्रीहरू स्टेशनबाट फर्किए।
स्मरण गराइन्छ, कोलकाता मेट्रोको ब्लू लाइन जुन भारतको सबैभन्दा पुरानी मेट्रो लाइन हो,-मा आत्महत्या पा आत्महत्या गर्ने प्रयास पहिला पनि हुँदै आएको छ। यस लाइनमा ट्र्याकलाई यात्रीहरूदेखि अलग्गै राख्ने कुनै गार्डरेल वा ब्यारिकेड छैन जसबाट यसप्रकारको घटनाको पुनरावृत्ति भइरहन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा